
काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओली एसिया भरीकै प्रभावशाली र दूरदर्शी नेता ठहरिएका छन् ।
एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स् (आमो) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसियाकै दुरदर्शी नेता घोषणा गर्दै ‘आमो भिजिनरी लिडर एण्ड नेशन बिल्डर अवार्ड २०२०’बाट सम्मान गरेको हो ।
आमोले प्रधानमन्त्री ओलिलाई एसियाकै दूरदर्शी नेताका रूपमा चित्रित गरेको छ ।
प्रधानमन्त्रीको सचिवालयले ‘प्रधानमन्त्री केपी शर्मा ओली एसियाली दूरद्रष्टा नेता तथा राष्ट्रनिर्माण अवार्डबाट सम्मानित भएको जनाएको छ ।
आमोले यसअघि मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदलाई यो अवार्डबाट सम्मानित गरेको थियो । महाथीरपछि नेपालबाट ओलीले अवार्ड पाएका हुन् ।
Related
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1