
हेटौंडा / भागिरथी भट्टको बलात्कार पछि हत्या गर्ने अपराधीलाई कडा कार्वाहीको माग गर्दै अनेरास्ववियु मकवानपुरले दवाब दिने भएको छ ।
अनेरास्ववियुले बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै कोणसभा गरि दवाब दिन लागेको हो ।
भागिरथीको बलात्कार र हत्याको मुद्दालाई राजनितीकरण हुन नदिन, निष्पक्ष छानबिन र महिला सुरक्षाको प्रत्याभूति गर्नको लागि माग गर्दै आन्दोलनका कार्यक्रम सुरु गरेको अनेरास्ववियु मकवानपुरका संयोजक किशन घिसिङ्गले जानकारी दिनुभयो ।
अध्यक्ष घिसिङ्गले चाडो भन्डा चाडो दोषि पत्ता लगाइ कानुनी कार्वाही गर्न समेत माग गर्नुभएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1