
काठमाडौं- खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहराहरु डोजर लगाएर भत्काइएको छ । आज बिहानै काठमाडौं महानगरपालिकाले डोजर लगाएर टहराहरु भत्काएको हो ।
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बसपार्क क्षेत्रबाहेकका संरचना हटाइएको जानकारी दिइन् ।
खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुनर्निर्माण गर्न आवश्यक निर्माण सामग्रीहरु राखिएका थिए । साथै त्यहाँ काम गर्ने केही कामदारहरु अस्थायी रुपमा टहरा बनाएर बस्दै आएका थिए । दुवै भवन निर्माण सम्पन्न भइसके पनि निर्माणकर्ताले निर्माण सामग्री र कामदारहरु हटाइएको थिएन ।
त्यसअघि अभियन्ताहरुले खुलामञ्चलाई खुल्ला राख्नुपर्ने भन्दै दबाबमुलक कार्यक्रम गर्दै आएका थिए ।
खुलामञ्चमा विगत सार्वजनिक सभा समारोह हुने गर्दथ्यो । तर अतिक्रमण गरेर बनाइएका संरचना हटाउन ध्यान नदिई सडकमा आमसभा गर्ने गरेको भन्दै सरकारको आलोचना भएको थियो । ( अनलाइन खबरबाट )
