
हेटौंडा / भुमि सम्बन्धी समस्या समाधान आयोग मकवानपुरको कार्यालय स्थापना गरिएको छ ।
जिल्ला समन्वय समितिको भवनमा बुधबारबाट आयोगकाे कार्यालय स्थापना गरिएको हो ।
भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिमा एक जना अध्यक्ष, एक जना विज्ञ सदस्य र एक जना सदस्य गरी तीन जना रहनुभएको छ ।
त्यस्तै डिभिजन वन कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला मालपोत कार्यालयका प्रमुखहरु सदस्य रहने तथा जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहने व्यवस्था छ । मकवानपुर जिल्लामा आयोगको अध्यक्षमा राना तथा बिज्ञ सदस्यमा तुलसी रिजाल र सदस्यमा प्रतिमा श्रेष्ठले नियुक्ति पाउनुभएको थियो ।
कार्यालय उद्घाटनसंगै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले आयोगका अध्यक्ष एवम् सदस्यहरुलाई कार्यकक्षमा स्वागत गर्नुभएको थियो ।
कार्यालयमा पदभार ग्रहण गर्दै आयोगका जिल्ला अध्यक्ष रामेश्वर रानाले मकवानपुरमा रहेका भूमिविहीनलाई जग्गा, लालपुर्जा लगायत भूमि सम्बन्धी समस्याको समाधानलाई प्रभावकारी रुपमा अगाडि बढाउने जानकारी दिनुभयो ।