
हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू मकवानपुर जिल्ला कमिटीले बलात्कारीलाई फाँसीको माग गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा बृहत प्रदर्शन गरेको छ ।



बुधबार हेटौंडा स्थित अनेरास्ववियुको हेटौंडा क्याम्पस, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस कमिटीको नेतृत्वमा निस्किएको विद्याथीहरु जुलुसले बलात्कारीलाई फाँसीको माग गर्दै जिल्ला प्रशासन कार्यलय मकवानपुरका गोविन्द प्रसाद रिजाल मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका हुन ।

अनेरास्ववियूले बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कार गरेर हत्या गर्नेलाई कडा भन्दा कडा कारबाहीको माग गरेको अनेरास्ववियु मकवानपुर संयोजक किसन घिसिङले बताउनुभयो ।









What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1