अनेरास्ववियु मकवानपुरले भोलि फाल्गुन ७ गते शुक्रबार हेटौडामा बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ।
अनेरास्ववियु केन्द्रिय कमिटिको सर्कुलर अनुसार देशैभर एकैसाथ रक्तदान कार्यक्रम आयोजना गर्ने योजना अनुरुप अनेरास्ववियु मकवानपुरले बृहत रक्तदान कार्यक्रम गर्न लागेको अनेरास्ववियु मकवानपुरका सह-संयोजक बिशाल पौडेलले जानकारी दिनुभयो।
सह-संयोजक पौडेलले हेटौडाको रक्त संचार केन्द्रमा पर्यात रगत संचय नभैरहेकोले रगत अभाबलाइ पूर्ति गर्ने उद्देश्यले समेत कार्यक्रम गर्न लागिएको बताउनुभयो।
अनेरास्ववियुले शुक्रबार देशैभरका जिल्लाहरुमा आयोजना गर्न लागेको बृहत रक्तदान कार्यक्रममा जो जहा हुनुहुन्छ यहा नै सहभागी हुन अनेरास्ववियुका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला संयोजक किशन घिसिङ्गले अपिल समेत गर्नुभएको छ।