हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा), मकवानपुर सम्बद्व जनसाँस्कृतिक महासंघ, मकवानपुर र घटक संगठनहरुको संयुक्त बिस्तारित बैठक सम्पन्न भएको छ ।
बैठकले जनसाँस्कृतिक महासंघकाे अध्यक्षमा राजुराम राउतलाई चयन गरेको छ ।
त्यस्तै जनचलचित्र संघ, नेपाल, मकवानपुरकाे अध्यक्षमा रिपेश दाहाल, जनसाहित्यिक लेखक संघ,नेपाल, मकवानपुरकाे अध्यक्षमा गणेककुमार तिमल्सिना, जन नाट्य मंच, नेपाल, मकवानपुरकाे अध्यक्षमा राजकुमार रिसाल र जनसंङ्गित मंच, नेपाल मकवानपुरको अध्यक्षमा विजय अमात्य चयन हुनु भएकाे नेकपा मकवानपुर जिल्ला कमिटीका सदस्य समिम खानले जानकारी दिनुभयो ।
जनसाँस्कृतिक महासंघ मकवानपुरका जिल्ला अध्यक्ष चिरन्जिवि थापाकाे अध्यक्षतामा भएको विस्तारित बैठक नेकपा केन्द्रीय सदस्य रामेश्वर रानाकाे प्रमुख आथित्यतामा भएको हो ।
सम्वन्धित समाचार
Add A Comment