
जन्मदिनको अवसरमा पाख्रिनद्वारा मामाघरलाइ सहयोग
हेटौडा / हेटौडा १३ बस्ने शिशिर पाख्रिनले आफ्नो जन्मदिनको अवसर पारेर मामाघर नेपालको लागि सहयोग सामग्री प्रदान गरेका छन।
हाल रोजगारीको सिलसिलामा कोरियामा रहेका पाख्रिनले २५ औ जन्मदिनको अवसरमा आफ्नो दाजु वसन्त पाख्रिन मार्फत हेटौडा ११ मा रहेको मामाघर नेपालको कार्यालय ब्यबस्थापन लागि १९,२०० रुपैया बराबरको आवश्यक सामग्री र कार्पेट प्रदान गरेका हुन।
उनले बालबालिकाको क्षेत्रमा निरन्तर कार्य गरिरहेको मामाघरलाइ सहयोग सामग्री प्रदान गर्न पाउदा अत्यन्त खुसि लागेको बताए।
उनले आगामी दिनमा पनि सामाजिक कार्यमा निरन्तर सहभागी भइ सहयोग गर्ने र आम युवाहरुले आफ्नो सामाजिक दायित्व पुरा गर्न आगाडी बढ्नुपर्ने धारणा राखे।

What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1