
काभ्रे जिल्लाको चौरीदेउरालीमा पार्टी संगठनको काममा
गएको नेकपा काभ्रेका नेता कार्यकर्ता बाँस बसेको घर र गाडी प्रचण्ड – माधब समुहका कार्यकर्ताहरुले तोडफोड गरेका छन ।
चौरीदेउराली ५ मा सोमबार नेकपाको वडा समिति गठन गर्ने कार्यक्रमका लागि गएका नेता कार्यकर्ताहरु बास बसेको अवस्थामा २०–२५ वटा मोटरसाईकलमा आएका माधव प्रचण्ड समुहका कार्यकर्ताले घरमा ढुंगा हानेको तथा नेताहरु गएको गाडी तोडफाड गरेका छन ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पुव मन्त्री गोकुल बास्कोटा तथा नेकपा काभ्रे जिल्लाका अध्यक्ष अशोक ब्यान्जुले आफ्नो फेसबुकमा स्टाटस लेख्दै सो कार्यको भत्सना तथा निन्दा गरेका छन ।
पुर्व मन्त्री बाँस्कोटाले लेख्नुभएको स्टाटस
हाम्रो सङगठन विस्तारमा चाैरिदेउराली पुगेकाे नेताहरुकाे गाडि भर्खरै मार्चण्ड समुहले ताेडफाेड गरेकाे छ र केहि बाईकहरुले छापामारशैलिमा बास बसेकाे घरमा आक्रमण गर्ने जङगलि हर्कत गरिरहेकाेछ।जनमत कटेपछि गरिने यस्ताे हर्कत सफल हुने छैन।आक्रमणमा सामेलहरु कानूनी दायराबाट भाग्न सक्ने छैनन।आततायीप्रति जति खेद ब्यक्त गरे पनि अपुग हुन्छ।नाङलाे नठटाउन भन्छु,हामी समना गर्छाै भाग्दैनाै।