
काठमाडौ / मेलम्ची खानेपानी आयोजनाको सुरुङको आज सोमबार परीक्षण गरिने भएको छ ।
काठमाण्डौं उपत्यकाको खानेपानी समस्या समाधान गर्न निर्माण गरिएको साढे २६ किलोमिटर लामो सुरुङमा आजदेखि पानी भरेर परीक्षण गर्न लागिएको हो ।
नेपाल सरकारका खानेपानी मन्त्री मणि थापाले आज बिहान ११ बजे सुरूङमा पानी हाल्ने कामको उदघाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभएको छ ।
परीक्षणका क्रममा दुर्घटना नहोस भन्नका लागि सबै प्रकारका सावधानी अपनाइएको बताएको छ । साथै परिक्षणको क्रममा कुनै दुर्घटना भए तत्काल उद्धारका लागि हेलिकप्टरको व्यवस्था मिलाइएको बताएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1