जनकपुर / प्रदेश नं २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज ) ले सवारी दुर्घटनामा परि घाइते भएकाहरूको उद्धार गरि अस्पताल पठाउनुभएको छ ।
जनकपुरबाट बाराको जीतपुर जाँदै गर्दा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढमा सवारी दुर्घटनामा परेका चारजनालाई प्रदेश प्रमुख झाले उद्धार गरि अस्पताल पठाउनु भएको हो ।
सडकमा घाइतेलाई देखेपछि झाले गाडी रोकेर उद्धार गर्नुभएको थियो ।उहाँले आफ्नो सुरक्षामा खटेका एक सुरक्षाकर्मीको जिम्ममा घाइतेहरुलाइ उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पताल पठाउनुभएको छ ।
सम्वन्धित समाचार
Add A Comment