• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिने : मुख्यमन्त्री पौडेल

गोविन्द शर्मा तिमल्सिना२०७७ फाल्गुन १३ गते, बिहीबार २३:३७ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email


  • रासस

    हेटौंडा / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताउनुभएको छ ।
    हेटौँडामा भूकम्पका कारण पूर्णरुपमा क्षति भई पुनःनिर्माण हुन लागेको महेन्द्र माध्यामिक विद्यालय पदम पोखरीको २१ कोठे भवन शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले श्रम बजारमा बिक्ने खालको शिक्षामा जोड दिनसके विद्यालयलाई बेरोजगार उत्पादन गर्ने थलोको रुपमा नभइ दक्षजनशक्ति उत्पादन गर्ने थलोको रुपमा बुझाउन सकिने धारणा राख्नुभयो ।
    विद्यालयले ज्ञानसँगै सीपसमेत दिनसक्नुपर्ने उहाँको भनाइ थियो ।

    पौडेलले प्राविधिक शिक्षामा पनि फरकपन दिनसक्नुपर्ने बताउनुभयो । प्राविधिक शिक्षाको नाममा जहाँ पनि एउटै विषय पढाउनेभन्दा पनि ठाउँ विशेषका आधारमा आवश्यकपर्ने शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । प्राविधिक शिक्षामा जोड दिने विद्यालयलाई प्रदेश सरकारले सहयोग गर्नु पौडेलको भनाइ थियो ।

    कार्यक्रममा वाग्मती प्रदेशका प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले पदमपोखरी क्षेत्रको विकासमा प्रदेश सरकार र मुख्यमन्त्री पौडेलले खेलेको भूमिका उल्लेखय रहेको बताउनुभयो । पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ शिक्षाका प्रमुख बद्रीबहादुर पाठकले जापान सरकारको ऋण सहयोगमा मकवानपुरमा ४१ विद्यालय भवन पुनःनिर्माण भइरहेको बताउँदै अधिकांश भवनको पुनःनिर्माणकार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

    उहाँले आजदेखि निर्माण प्रारम्भ भएको २१ कोठे भवन कर बाहेक रु पाँच करोड ३५ लाखमा सम्पन्न हुने निर्माण कम्पनी शर्मा जेभीसँग सम्झौता गरिएको बताउनुभयो । सम्झौतानुसार उक्त निर्माण कम्पनीले सन् २०२२ को अगस्ट ५ सम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

२२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

८ दिनदेखि उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा आयोगको ध्यानाकर्षण

राहत शिक्षकहरु आज पनि विरोधमा

आज एकदिनका लागि पाटन दरबार सङ्ग्रहालय प्रवेशमा पैसा नलाग्‍ने

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.