• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

कांग्रेस नेता जोशीको अवस्था निकै जटिल

गोविन्द शर्मा तिमल्सिना२०७७ फाल्गुन १५ गते, शनिबार ००:२९ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं – नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था निकै जटिल रहेको चिकित्सकले बताएका छन् ।

मस्तिष्कघात भएपछि जोशीलाई वीर अस्पताल हुँदै नर्भिक अस्पताल लगिएको थियो । दोस्रो हात बाउँडिन थालेपछि जोशीले श्रीमती र छोरीलाई अस्पताल लैजान भनेका थिए ।

अस्पताल लैजाँदा गाडीमा बोलिरहेका उनी अस्पताल पुग्दा बोहोस भइसकेका थिए । सिटी स्क्यान गरेर हेर्दा टाउकोमा रगत जमिसकेको पाएपछि वीरबाट नर्भिक अस्पताल लगिएको थियो ।

उनको उपचारमा संलग्न नर्भिकका न्यूरो सर्जन डा. राजीव झा भन्छन्, ‘उहाँ कोमामा हुनुहुन्थ्यो । सास फेर्न गाह्रो भएको थियो र बान्ता फोक्सोमा पुगिसकेको थियो ।’

सास फेर्न सहज होस् भनेर पाइप राख्नुका साथै फोक्सोमा पुगेको वान्ता निकालिएको छ । डा. झा भन्छन्, ‘हेर्दै जाँदा उहाँको एउटा आँखाको नानी फुलेको देखियो । दुबै आँखाको नानी फुल्ने चाहिँ मृत्यु भएको अवस्थामा मात्र हुन्छ । एकातिर त्यस्तो देखिनु भनेको आधा दिमागले काम नगरेको देखियो ।’

सिटी स्क्यान गर्दा दिमागको बीचमा पानी जम्मा हुने ठाउँमा रगत पुगेर ब्लक गरेको पाइएको डा. झाले बताए । सुगर, प्रेसरलगायतका रोगबाट समेत पीडित जोशीले रगत पातलो बनाउने औषधि खाइरहेका थिए । यस्तो मानिसको सर्जरी गर्दा धेरै रक्तश्राब हुने भएकाले रगत जोहो गरेर सर्जरी गरेको उनले बताए ।

डा. झा भन्छन्, ‘अहिलेसम्म १२०/१३० मिलिलिटर पानी निकालेका छौं । उहालाई भेन्टिलेटरमा राखेका छौं ।’

यो अवस्था निकै जटिल भएको र यस्तो अवस्थामा पुगेका ६०/७० प्रतिशतलाई बचाउन नसक्ने उनले सुनाए । डा. झा भन्छन्, ‘उहाँलाई कसरी बचाउने भनेर हामी लागेका छौं ।’

उनका अनुसार यस्तो अवस्थाबाट बाँचेकाहरुमा ठूलो प्यारालाइसिस लामो समयसम्म रहनसक्ने उनले बताए । (अनलाइन खबरबाट)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

काठमाण्डौंमा जेष्ठ नागरिकहरुको फोटो प्रदर्शनी हुने

टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

हेटौंडामा अत्याधुनिक सैलुन सञ्चालन

नमूना प्रगति साकोसका नवनिर्वाचित समितिले लिए सपथ

आज तीजको दर खाने दिन

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.