
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधब समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाइ पत्तासाफ गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बताउनुभएको छ ।
एक टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।


प्रधानमन्त्री अोलीले संसदमा फेस गर्ने निश्चित भनेकाले आफूहरूले कांग्रेस र जसपासँग मिलेर अविश्वासको प्रस्तावमार्फत ओलीलाई हटाउने प्रचण्डको भनाइ थियो। साथै उहाले देउवा ओलीसँग सहकार्य गर्नै नसक्ने ठोकुवा गर्न्नुभयो ।
‘मेरो प्रधानमन्त्रीको दाबी गर्दिनँ। दुई चार दिनभित्रै अन्तिम चरणमा पुग्छौं’ प्रचण्डले भने,‘ शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउँछु। ओलीको पत्तासाफ गर्छु, म प्रधानमन्त्री बन्दिन, देउवालाई बनाउँछु’ उहाको भनाइ थियोे ।
अध्यक्ष प्रचण्डले आफूले सत्ताका लागि सम्झौता नगरेको बताउँदै उनले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर जाने बताउनुभयो ।