• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

प्रचण्ड-नेपाल पक्षले ओलीविरूद्ध दर्ता अविश्वास प्रस्ताव अगाडि नबढाउने

गोविन्द शर्मा तिमल्सिना२०७७ फाल्गुन १७ गते, सोमबार २०:३६ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौ / नेकपाको प्रचण्ड-नेपाल पक्षले दर्ता भइसकेको अविश्वास प्रस्ताव अगाडि नबढाई नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायत दलहरूसँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने संकेत गरेको छ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेकै दिन पुस ५ मा संसद सचिवालयमा लगेको अविश्वास प्रस्तावलाई अगाडि नबढाउने र बदलिँदो परिस्थितिअनुसार दलहरूसँग छलफलपछि अविश्वास प्रस्ताव लैजाने तयारीमा प्रचण्ड-नेपाल पक्ष छ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई विघटन गरेकोमा फागुन ११ मा सर्वोच्चले बदर गरिदिएको थियो। त्यसपछि प्रचण्ड-नेपाल पक्षले कांग्रेस र जसपासँग सहकार्यको प्रस्ताव गरे पनि सहमति भइसकेको छैन।

प्रचण्ड-नेपाल पक्ष नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अरू पार्टीहरूसँग छलफल गरेर अविश्वास प्रस्तावबारे अब कसरी अगाडि बढ्ने भन्ने कुराकानी भइरहेको जानकारी दिए।

‘यसबारे अरू पार्टीहरूसँग पनि छलफल भइरहेको छ,’ उनले सेतोपाटीसँग भने।

तर नेकपाका एक सांसदका अनुसार पहिले पेश गरिएको अविश्वास प्रस्ताव फिर्ता गर्ने तयारी छ। सकेसम्म आफूहरूकै नेतृत्वमा नयाँ सरकार बनाउने र कांग्रेस तथा जसपाले नमान्ने अवस्था रह्यो भने उनीहरूसँग सहकार्य गरेर जाने पार्टीमा छलफल भइरहेको छ।

‘पहिलेको अविश्वास प्रस्ताव अगाडि नबढाउने र कांग्रेसलगायत दलसँग छलफलपछि अघि बढ्ने कुराकानी भएको छ,’ ती सांसदले भने।

प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको कुराभन्दा पनि मानिसहरूले दुई तिहाइ नजिकको आफ्नै सरकार ढालेर कांग्रेसलाई सत्ता बुझाएको आरोप आफूहरूमाथि लाग्न सक्ने चिन्ता पनि व्यक्त गरेका छन्। ‘सकेसम्म हाम्रै नेतृत्वमा अगाडि जानुपर्छ भन्ने हो,’ उनले भने। (सेतोपाटीबाट )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

२२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

८ दिनदेखि उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा आयोगको ध्यानाकर्षण

एमालेको बागमती नेतृत्वमा सहमति जुटेन, निर्वाचनका लागि उम्मेदवारी दर्ता

आज एकदिनका लागि पाटन दरबार सङ्ग्रहालय प्रवेशमा पैसा नलाग्‍ने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.