
काठमाडौँ / राष्ट्रिय युवा परिषद्का नवनियुक्त ७१ जिल्लाका अध्यक्षहरुको सपथग्रहण तथा दुई दिने अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
गत फागुन ३ गते युवा तथा खेलकुद मन्त्री दावा तामाङको अध्यक्षतामा बसेको परिषद्को बोर्ड बैठकले ७१ जिल्लामा जिल्ला युवा समितिका अध्यक्षहरू मनोनयन गरेको थियो ।
राष्ट्रिय युवा परिषद् ऐन अनुसार नव नियुक्त जिल्ला युवा समितीका अध्यक्षहरूको परिषदको कार्यालयमा युवा तथा खेलकूद मन्त्रीले सपथग्रहण गराउनुभएको थियो ।
साथै जिल्ला युवा समितिका अध्यक्षहरूलाई अभिमुखिकरण कार्यक्रम समेत गरिएको छ ।
कार्यक्रममा युवा तथा खेलकूद मन्त्री लामा, युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोक्का, नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक भण्डारी, शिक्षा सचिव रामप्रसाद थपलिया, परिषदका बोर्ड सदस्यहरु लगायतकाको उपस्थिती रहेको थियो ।
परिषद्का ७७ वटै जिल्लाका नियुक्त अध्यक्षहरु
१. ताप्लेजुङ : दिपेन पोमु
२. पाँचथर : श्री प्रसाद माङयुङ
३. इलाम : प्रकाश घिमिरे
४. झापा : मदन बुढाथोकी
५. संखुवासभा : हरि लिम्बु
६. तेह्रथुम : जनक रिमाल
७. भोजपुर : विकास राई
८. धनकुटा : कला राई
९. मोरङ : सन्तोष घिमिरे
१०. सुनसरी : रोशन रेग्मी
११. सोलुखुम्बु : भक्त राई
१२. खोटाङ : सन्तोष जोशी
१३. ओखलढुङ्गा : सुधिर कार्की
१४. उदयपुर : खगेन्द्र पोखरेल
१५. सिरहा : बैजनाथ शाह
१६. धनुषा : राम उदगार यादव
१७. महोत्तरी : सत्यनारायण यादव
१८. सर्लाही : सर्मिला प्रधान
१९. रौतहट : रामबावु चौधरी
२०. बारा : पुरूषोत्तम कुमार शाह
२१. पर्सा : अमिताभ बच्चन
२२. दोलखा : श्रीराज पोखरेल
२३. रामेछाप : प्रकाशकुमार कार्की
२४. सिन्धुली : देवराज वाइवा
२५. रसुवा : सुरेश अधिकारी
२६. धादिङ : सन्तोष राना क्षेत्री
२७. नुवाकोट : निलमबाबु ढुङ्गेल
२८. काठमाण्डौ : भानु पौडेल
२९. ललितपुर : प्रदिप चौलागाई
३०. काभ्रेपलाञ्चोक : प्रकाश रोका
३१. सिन्धुपाल्चोक : कुमार थापा
३२. मकवानपुर : शिवहरि दाहाल
३३. चितवन : अस्मिन घिमिरे
३४. नवलपुर : हिमाल सिंह ठकुरी
३५. गोरखा : राजन गुरूङ
३६. मनाङ : मनलाल गुरुङ्ग
३७. लमजुङ : जुन बहादुर तामाङ
३८. कास्की : विवेक देवकोटा
३९. तनहुँ : रिता ढकाल
४०. स्याङ्जा : विश्वनाथ अर्याल
४१. मुस्ताङ : कर्म नामग्याल गुरुङ
४२. म्याग्दी : देवी प्रसाद शर्मा
४३. बाग्लुङ : सुमन बोहरा
४४. पर्वत : थम नारायण पौडेल
४५. गुल्मी : शालिकराम बस्नेत
४६. पाल्पा : तुलबहादुर अधिकारी
४७. अर्घाखाँची : लिलबहादुर वि.क.
४८. नवलपरासी : धनप्रसाद भट्टराई
४९. रुपन्देही : सरोज पोखरेल
५०. कपिलवस्तु : टुकलाल गैरे
५१. प्युठान : रामचन्द्र केसी
५२. दाङ : सुरेश रावत
५३. बाँके : खेमराज शर्मा
५४. रुकुम पूर्व : सुवास गौतम
५५. रोल्पा : ठाकुरप्रसाद ओली
५६. रूकुम पश्चिम : भिमराम ओली
५७. सल्यान : जनक विक
५८. डोल्पा : बिरेन्द्र बुढा
५९. कालीकोट : सन्तोष महतारा
६०. हुम्ला : राज किरण शाही
६१. जाजरकोट : रामचन्द्र घर्ती
६२. दैलेख : चन्द्र दाहाल
६३. सुर्खेत : निरज भट्टराई
६४. डडेलधुरा : भरत मल्ल
६५. बाजुरा : कृष्णबहादुर थापा
६६. अछाम : लिला केसी
६७. डोटी : हेम केसी
६८. कैलाली : जनक खड्का
६९. दार्चुला : खेमराज जोशी
७०. बैतडी : सुरेश शेरेला
७१. कञ्चनपुर : हरिस बोगटी
त्यस्तै अध्यक्ष पद वाहाल रहेका ६ जिल्लामा
७२. सप्तरी: सन्तोष चौधरी
७३. भक्तपुर: उज्ज्वल श्रेष्ठ
७४. बर्दिया : विष्णु जोशी
७५. मुगु : रमेशकुमार मल्ल
७६. जुम्ला :दिपेन्द्र हमाल
७७. बझाङ : शैलेन्द्रकुमार रोकाय रहनुभएको छ ।
