
मकवानपुर- नेकपा प्रचण्ड – माधव समुहले ओलि समुहमा सक्रिय रहेका ७ जना नेताहरुलाई कार्वाही गरेको छ ।
प्रचण्ड – माधव समुहको कार्वाहीमा पर्नेमा नेताहरू महेश बस्नेत , विशाल भट्टराई , शान्ता चौधरी , सुर्य थापा , प्रभु साह र कर्णबहादुर थापा रहेका छन् । उनीहरुलाई पार्टीबाट निलम्बन गरिएको नेता वर्षमान पुनले जानकारी दिए ।
त्यसैगरी बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने समेत निर्णय भएको पुनले बताए ।
पार्टी हित विपरीत काम गरेको भन्दै उनिहरुलाई कार्वाही गरिएको सो समूहले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1