
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुवास नेम्वाङले आफुलाई पार्टीको बैठकका बारेमा जानकारी नै नभएको बताउनुभएको छ ।
नेकपा संसदीय दलको उपनेता समेत रहेका नेता नेम्वाङले बैठकबारे जानकारी नदिइ आफूलाई कारबाही गर्ने कुरा हास्यास्पद भएको बताउनुभयो।
(नेकपा) प्रचण्ड–नेपाल समुहको बैठकले नेता नेम्वाङलाई संसदीय दलको उपनेताबाट राजीनामा दिन निर्देशन दिँदै पार्टी स्थायी कमिटीबाट ६ महिनालाई निलम्बन गरेको थियो । तर नेम्वाङले नेकपाको आधिकारिक कुनै बैठक नरहेको र आफूलाई कारबाही पनि गर्न नसक्ने जानकारी दिनुभयो ।
निर्वाचन आयोगले केपी शर्मा ओली प्रथम अध्यक्ष, पुष्पकमल दाहाल द्वितीय अध्यक्ष रहेको नेकपाको कुनै बैठक नभएको बताउदै नेता नेम्वाङले केन्द्रिय कमिटीको बैठक महासचिवले बोलाउने स्पष्ट प्रावधान रहेको बताउनुभयो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1