मकवानपुर- बारा जिल्लाका ६ वटा र रौतहट जिल्लाका ३ वटा गरि जम्मा ९ वटा दुग्ध सहकारी सस्थामा आबद्ध १५ जना कृषकहरुलाई कोभिड किसान राहत अनुदान वितरण गरिएको छ ।
केन्द्रिय दुग्ध सहकारी संघ लि. को आयोजना तथा कासा प्रोजेक्टको साझेदारीमा आज बागदेब दुग्ध उत्पादक सहकारी सस्था लि. को सभाहलमा कोभिट किसान राहत बितरण कार्यक्रम सम्पन्न भयको छ।
केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देबकोटाको प्रमुख आतिथ्यता एवम् बागदेब दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियो।
कासा प्रोजेक्ट संचालन भएका बारा र रौतहट जिल्लाका गरि जम्मा ९ वटा दुग्ध सहकारी सस्थामा आबद्ध १५ जना कृषकहरुलाई कोभिड किसान राहत अन्तरगत प्रती कृषक रु २० हजार र ब्याज अनुदान बापत २ जना कृषकहरु लाई प्रति कृषक १० हजार का दरले अनुदान रकम हस्तान्तरण गरियको संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले बताएका छन् ।
सम्वन्धित समाचार
Add A Comment