
काठमाडौं- नेपाल सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता सफल भएको छ । साथै दुबै पक्ष बीच तीन बुँदे सहमति भएको छ ।


दुई दिनसम्म चलेको वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने सहमति गर्दै सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषयमा सहमति समेत भएको हो ।
सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्त हस्ताक्षर गरी प्रेस नोट जारी गरेका छन् ।
प्रेस नोटका अनुसार भोलि दिउँसो २ बजे विशेष समारोहका बीच सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ । सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने भएका छन् ।

What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1