
काठमाडौं- सरकारसँगको वार्ता सफलपछि प्रतिबन्ध हटेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव आज नवलपरासीबाट सार्वजनिक भएका छन् ।


सरकार संगको वार्ता पछि विप्लव पहिलो पटक नवलपुरको देवचुलीबाट तस्विर सार्वजनिक भएको छ । हिजो साँझ ५ बजे नवलपरासी प्रवेश गर्नुभएका विप्लव राति देवचुली नगरपालिका –१३,का शहिद परिवार रमाको घरमा बसेका थिए । बिहान त्यहाँ स्थित कार्यकर्ताहरुसंगको भेटघाट पछि काठमाण्डौं प्रस्थान गरेका हुन् । देवचुलीबाट सार्वजनीक गाडी मार्फत काठमाण्डौं प्रस्थान गरेको जनाईएको छ । बाटोमा विप्लव चढेको गाडीलाई प्रहरीले स्कटिङ गरेको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सहमतिमा हस्ताक्षर गर्न काठमाडौं जान लागेका विप्लवलाई नवलपरासीका पार्टी कार्यकर्ता र शहीद परिवारले स्वागत गरेका थिए ।
विप्लवलाई सरकारले हेलिकोप्टर लिन पठाउने भने पनि उनी गाडीबाट अपरान्ह १२ बजेसम्म काठमाडौं पुुुग्ने तय भएको छ । आजै २ बजे दिउँसो प्रधानमन्त्री ओली र महासचिव विप्लवले सहमतिपत्रमा हस्ताक्षरसहित एउटै मन्चबाट सम्बोधन गर्दैछन् ।