• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

प्रचण्ड-माधव समुहको नियन्त्रणमा पाँच सांसद : घर जानै नदिएर होटलमा राखियो, पाँच करोडको अफर

गोविन्द शर्मा तिमल्सिना२०७७ फाल्गुन २२ गते, शनिबार १९:०१ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email



काठमाडौं / सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कू’ गर्न नसकेपछि पार्टी बिभाजन गरी बाहिरिनु भएका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल सांसद खरिद बिक्रितिर लाग्नुभएको तथ्य बाहिर आएको छ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरी संसद बैठक सुरु हुने दिन आएपछि प्रचण्ड–माधव समुहले नेकपाका सांसदलाई करोडौं अफर दिएर केही दिनदेखि बडिगार्डसहित होटलमा राखेको तथ्य खुलेको हो ।

स्रोतका अनुसार आफूहरुतिर नरहने निश्चित भएपछि प्रचण्ड–माधव समुहका सांसद झपट रावल नेतृत्वको टीमलाई जिम्मा दिएर प्रतिनिधिसभाका पाँच सांसदलाई होटलमा राखिएको हो । सो समुहले आफ्नो संसदीय दलमा जवर्जस्ती गरेर पुर्याइएका पाँच जना सांसदलाई शुक्रवार साँझसम्म बबरमहलस्थित एक होटलमा राखेको स्रोतको भनाई छ । सो होटलमा प्रतिनिधिसभाका सांसद माया ज्ञवाली न्यौपाने, गंगा सत्गौवा चौधरी, चाँद तारा, लक्ष्मी चौधरी र सविना हुसेनलाई शुक्रवार साँझसम्म राखिएको र पाँचै जना सांसदको निगरानी युवा नेतासमेत रहनुभएका झपट रावलले गर्नुभएको स्रोतको भनाई छ ।

सिंहदरवारबाट नजिकै र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगै जोडिएको होटलमा सांसदलाई राखेर खरिद बिक्रिको काम भएको सूचना बाहिर आएपछि शुक्रवार सो होटलबाट ललितपुरतिर सारिएको स्रोतले जनताटाइम्सलाई बतायो । ‘पाँच जना सांसदलाई होटलबाट झपट रावलले लैजानु भएको देखियो, उहाँहरुलाई रावलले नै सार्ने काम गर्नुभएको छ,’ सोही समुहका एक नेताले भने । उनका अनुसार प्रत्येक सांसदलाई पाँच करोडको प्रलोभन दिएर प्रचण्ड–माधव समुहले आफ्नो नियन्त्रण र निगरानीमा राखेको छ ।

सांसदलाई आफ्नो सुरक्षामा राख्ने जिम्मेवारी पाउनु भएका प्रचण्ड–माधव समुहका नेता तथा सांसद झपट रावलले यस बिषयमा आफूलाई जानकारी नभएको बताउनु भयो । तपाईंको जिम्मामा रहनुभएका नेकपाका पाँच सांसद अहिले कहाँ हुनुहुन्छ ? भन्ने जनताटाइम्सको जिज्ञासामा सांसद रावलले हाँस्दै ‘सवै माननीयहरु घरमै हुनुहुन्छ’ भन्ने जवाफ दिनुभयो । हामीले घरमै पुगेर बुझ्दा पाँचै जना सांसदहरु दुई दिनदेखि घरमा त जानुभएकै छैन नि भन्ने थप प्रश्न गरेपछि रावलले हाँस्दै ‘दिउसो त कता घरमा हुुन्छन र हो मित्र ?’ भन्दै फोन राख्नुभयो । यो तथ्यले प्रचण्ड–माधव समुहले पाँच सांसद प्रचण्ड–माधव समुहले आफ्नो नियन्त्रणमा राखेको प्रष्ट भएको छ । (जनता टाइम्सबाट साभार गरिएको )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

गृहमन्त्री हेटौंडा आएकै बेलामा घुमुवा प्रहरीले मच्याए उत्पात, प्रहरी कार्यालयभित्रै महिलाको मृत्यु

पार्टीमा १० वर्ष ओलीको विकल्प छैन : गुरुङ

आममाफीकाे जसअपजसको भागी सरकार नै हुनुपर्छ : राष्ट्रपति पाैडेल

शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ : अर्थमन्त्री महत

प्रचण्डद्वारा पदाधिकारी बैठकको आह्वान

लोसपाको पदाधिकारी बैठक मंगलबार बस्दै

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.