
काठमाडौं / सर्वोच्च अदालतले नेकपाको बिबाद सम्बन्धि मुद्दामा ऋषि कट्टेल नेतृत्वको नेकपालाइ आधिकारिक प्रदान गर्ने फैसला गरेपछी नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै अस्तित्वमा रहने भएको छ ।
अदालतले तत्कालिन नेकपा एमाले ब्युँताएसँगै माधबकुमार नेपाल समूह संकटमा पर्ने देखिएको छ।
नेकपा एमाले ब्युँतिए सङ्गै हाल प्रधानमन्त्री तथा नेकपा एमालेका निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसँग सङ्गै बस्न नसकिने निष्कर्ष निकालेका माधव नेपाल, झलनाथ खनाल समूहसँग दल विभाजन गर्न एमाले संसदीय दलमा सदस्य संख्या अपुग हुने देखिएको हो ।
प्रतिनिधिसभामा एमालेको १२१ सिट रहेको छ। पार्टी विभाजन गर्न माधव नेपाल संसदिय दलमा कम्तिमा ४८ सिट र केन्द्रिय कमिटीमा ४० प्रतिशत केन्द्रिय सदस्य आवश्यक पर्छ।
तत्कालिन एमालेको केन्द्रीय कमिटी पनि माधव नेपाल समूहलाई ४० प्रतिशत पुग्ने हम्मे हम्मे देखिएकोमा एमालेको संसदीय दलमा अबस्थामा ४० प्रतिशत सांसद समेत नपुग्ने देखिएको छ।
हालसम्म माधव नेपाल समुहमा प्रतिनिधिसभाको ३३ जनामात्र सांसदहरुमात्र देखिएको श्रोतले बताएको छ ।
यहि अवस्थामा एमाले केन्द्रीय कमिटी र संसदीय दलमा स्पष्ट बहुमतमा रहेका ओलीले उनीहरुमाथि कारबाही गरे माधव नेपाल, झलनाथ खनाललगायत उनीहरुसँग रहेका सांसदहरुको सांसद पद खारेज हुन सक्नेछ।