काठमाडौ/ वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले पार्टी एकता अभियानलाई सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ ।
गौतमनिवास भैँसेपाटीमा सोमबार बसेको पदाधिकारी बैठकले एकताको विकल्प नभएको निष्कर्ष निकालेको हो ।
बैठकले नेताहरूलाई हठ त्यागेर अघि बढ्न आग्रह गरेको अभियानमा सचिव बाबुराम थापाले जानकारी दिए ।
उनका अनुसार पूर्वएमाले एकीकृत भएपछि मात्रै अभियानका नेता तथा कार्यकर्ता सम्बन्धित कमिटीको बैठकमा सहभागी हुनेछन् । ‘पार्टी एकताको पहिलो चरण भनेको अब पूर्वएमालेको एकता हो,’ थापाले भने, ‘सबैभन्दा पहिला माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरूसँग एकता हुनुपर्छ । त्यसपछि मात्र हामी बैठकमा सहभागी हुन्छौँ ।
सबै कम्युनिस्ट पार्टीहरू बीचमा सहकार्य गराउँदै अघि बढ्नुपर्ने निष्कर्ष हामीले निकालेका छौँ ।’ (नयाँ पत्रीकाबाट )
सम्वन्धित समाचार
Add A Comment