
काठमाडौं / नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ।
सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएपश्चात् पहिलो पटक नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो ।
आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थायी कमिटी बैठकबाट पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउन लागेको बताइएको छ ।
साथै सरकारलाई दिएकाे समर्थन फिर्ता लिने, ओलीतर्फ लागेका नेताहरूलाई फिर्ता बोलाउने लगायतका विभिन्न एजेन्डामा छलफल हुने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री केपि शर्मा ओलिलाई समर्थन गरेका र सरकारमा सहभागी भएका रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतका नेताहरुभने उपस्थित छैनन्। उनीहरुले अब एमालेमै बस्ने गरी छलफल चलाइरहेका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1