
हेटौंडा / यहि फाल्गुन २७ देखि चैत ७ गते सम्म हेटौंडामा हुने स्थानीय तह शहीद स्मृति गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।
मकवानपुर जिल्ला फुटबल संघले खेल तालिका सार्वजनिक गर्दै गोल्डकपमा १० वटा क्लबले सहभागिता जनाउने बताएको हो । गोल्डकपमा नेपाल आर्मि क्लब, नेपाल एपिएफ क्बल, नेपाल पुलिस क्लब, मच्छिन्द्र क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब काठमाडौंसहित मकवानपुर–११, नव जनजार्गती युवा क्लब सिमरा, बागमती युवा क्लब सर्लाही सहभागि हुने बताइएको छ ।
करिब १ करोड खर्च अनुमान गरिएको प्रतियोगिताको उद्घाटन खेल फागुन २७ गते मकवानपुर–११ र नवजनजागृती युवा क्लब सिमरा बिच हेटौंडा– १० मा रहेको बनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुनेछ ।
प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएका छ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोउत्कृष्ट हुने खेलाडी नगद ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् ।