
काठमाडौं / नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गृहमन्त्री रामबहादुर थापासहितका आफ्ना मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन गरेको छ ।
शनिबार माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिसडाडाँमा सम्पन्न स्थायी कमिटी बैठकले मन्त्रीहरुलाइ निर्देशन गरेको हो ।


माओवादी केन्द्रले गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सिँचाइमन्त्री प्रभु साह, खानेपानीमन्त्री मणि थापा, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुदमन्त्री दावा लामालाई नेकपा एमालेका केपि शर्मा ओलि नेतृत्वको सरकारबाट फिर्ता बोलाएको हो ।
शुक्रबार मात्र नेकपा एमालेका अध्यक्ष ओलिले यी मन्त्रीहरुलाइ एमालेको केन्द्रिय सदस्यमा मनोनीत गर्नुभएको थियो ।
एमाले तिर लागेका यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको छ । बैठकले भोलि आइतबार एघार बजे केन्द्रीय कमिटी बैठकसमेत बोलाएको स्रोतले जनाएको छ । ।