
मकवानपुर- नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि ललितपुरको हेरिटेज गार्डेनमा हुँदै छ।भेलाका लागि देशभरबाट नेता कार्यकर्ता राजधानीमा जम्मा भैसकेका छन्।
४ र ५ गते काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेलाले आगामी कार्यदिशाबारे थप निर्णय लिइने नेपाल पक्षको तयारी रहेको छ । पार्टीलाई सुदृड, एकताबद्ध, क्रियाशील र विधिसम्मत रूपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल गर्न भेला आयोजना गरेको सो पक्षले जनाएको छ।
भेलालाई नेताद्वय नेपाल र खनालसहितका नेताहरूले सम्बोधन गर्ने भएका छन्। अध्यक्ष ओली पक्षले प्रदेश इन्चार्ज हेरफेर गरेलगत्तै नेपाल पक्षले पनि कार्यकर्ता भेलाका लागि भन्दै प्रदेशमा पार्टी कामको संयोजन गर्नका लागि नेताहरूलाई जिम्मेवारी तोकेको थियो । ओलि पक्षले भने पार्टीले भेेलाको आयोजना नगरेकोले भेेेलामा सहभागी हुनेे नेता कार्यकर्तालाई कार्वाही हुने चेतावनी दिएको छ ।