
काठमाडौं- नेपालमा आज कोरोना भाइरसका ९४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा २ हजार ७८१ आरटीपीसीआर परीक्षण गरिएकाे जनाएकाे छ ।
याेसँगे नेपालमा ९४ जना सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ५१८ पुगेको छ । यस्तै, नेपालमा आज कोरोना भाइरस सङ्क्रमित मध्ये ५५ जना निको भएको जनाएको छ । हालसम्म निको भएकाको संख्या २ लाख ७१ हजार ५५० पुगेको छ । मन्त्रालयले हाल ९५४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।
यस्तै, पछिल्लो चौबीस घण्टामा काठमाडाैं उपत्यकामा ५३ जना सङ्क्रमित थपिएका छन् । भक्तपुरमा ११, ललितपुमा १३ र काठमाडाैं जिल्लामा २९ सहित ५३ थपिएका हुन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1