मकवानपुर – हेटौंडामा जारी स्थानीय तह शहिद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप तेस्रो संस्करण २०७७ प्रतियोगितामा लिग बिजेता मछिन्द्र क्लब काठमाडौलाई हराउँदै आयोजक टोलि रिगल हेटौंडा रिसोर्ट मकवानपुर- ११ प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
बुधबार हेटौंडा -१० बन बिज्ञान अध्यन संस्थानको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा ४-३ गोल अन्तरले पराजित गर्दै आयोजक टोलि रिगल हेटौंडा रिसोर्ट मकवानपुर -११ प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । रिगल हेटौंडा रिसोर्ट मकवानपुर -११ को तर्फबाट खेलाडी रुपेश केसि र खेलाडी रन्जन बिस्टले समान एक-एक गोल गरेका थिए भने मकवानपुर -११ कै खेलाडी अमिर श्रेष्ठले ब्यक्तिगत २ गोल गरेका थिए ।
लिग बिजेता मछिन्द्र क्लब काठमाडौको तर्फबाट खेलाडी पुजन उपरकोटिले एक गोल फर्काएका थिए । यस्तै मछिन्द्र क्लबकै खेलाडी अशोक थापा र खेलाडी राजेश परियारले समान एक-एक गोल गरेका थिए । घरेलु टोलि रिगल हेटौंडा रिसोर्ट मकवानपुर – ११ का खेलाडी अमिर श्रेष्ठ प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए ।
बिहीबार (आज) हुने दोस्रो सेमिफाइनल खेलमा बिभागिय टिम त्रिभुवन आर्मी क्लब र अफ्रिकन रुट्स एशोसियसन भिड्नेछन् । दोस्रो सेमिफाइनल खेलको बिजेताले चैत्र ७ गते घरेलु टोलि रिगल हेटौंडा रिसोर्ट मकवानपुर -११ संग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख पाउनेछन भने उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
सम्वन्धित समाचार
Add A Comment