• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशसभा बैठक बस्दै

    २०७९ माघ २२ गते, आईतवार ०९:५५

     गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    २०७९ माघ १९ गते, बिहीबार १७:१९

    स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

    २०७९ माघ १८ गते, बुधबार २२:०३

    सरकारले बिजनेस नदिँदा बागमती प्रदेशसभा बैठक अनिश्चित

    २०७९ माघ १८ गते, बुधबार ०८:५६

    सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

    २०७९ माघ १८ गते, बुधबार ०८:४७
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

‘मुड फ्रेस’का लागि प्रचण्ड परिवारसहित सिन्धुलीमा

✎ शुभसमय२०७७ चैत्र ४ गते, बुधबार १७:४१ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

फाइल फोटो

सिन्धुली / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘मुड फ्रेस’ का लागि सिन्धुली आइपुगेका छन्। पछिल्लो समय फागुन ११ र २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेपाली राजनीति तातिरहेका बेला बुधबार पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड ‘मुड फ्रेस’ का लागि परिवारसहित सिन्धुली आइपुगेका हुन्।


माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलका अनुसार जिल्लामा कुनै औपाचारिक कार्यक्रम नभए पनि प्रचण्ड मुड फ्रेसका लागि सिन्धुली आएका हुन्। ‘सिन्धुलीमा कुनै त्यस्तो औपाचारीक कार्यक्रम त छैन। अध्यक्ष कमरेड मुड फ्रेस हुन, रि–फ्रेसका लागि सिन्धुली आउनु भएको हो,’ उनले भने।

अध्यक्ष प्रचण्डका साथमा प्रचण्ड पत्नी सिता दाहाल, प्रचण्डका प्रमुख स्वकीय सचिव जोगबहादुर महरा लगायत छन्। यस अघि राजनीति र परिवारमा तनाव हुँदा प्रायः सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोटका रिसोर्टमा रि–फ्रेस हुन पुग्ने प्रचण्ड यस पटक सिन्धुलीमा पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलको निजी निवासमा बस्ने कार्यक्रम तय भएको छ। फागुन २३ गतेको सर्वोच्च अदालतको आदेशमा ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेज भएपछि प्रचण्ड नेपाली राजनीतिक घटना क्रममा थप तनावमा छन्।

प्रधानमन्त्री ओलीलाई हटाउन र नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसँग तिव्ररुपमा छलफलमा जुटेका प्रचण्ड मंगलबार राष्ट्रपतिको आह्वानमा शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा पुगेका थिए। पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसलाई प्रतिगमन देशव्यापी विरोध कार्यक्रम भएका थिए। सोहीक्रममा प्रचण्ड फागुन १ गते सिन्धुलीको मरिणमा एक कार्यक्रमलाई सम्बोधन गर्न आइपुगेका थिए।

बिहीबार बिहान भने प्रचण्डले सिन्धुलीमाढीमा आफ्ना नेता कार्यकर्तासंग भेटघाट गर्ने कार्यक्रम बनाइएको माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष राजन दाहालले बताए। उनले भने, ‘यो औपाचारिक कार्यक्रम भने होइन। तर, भोलि बिहान सिन्धुलीको रातमाटामा रहेको एक पार्टी प्यालेसमा बिहान ८ बजे अध्यक्ष प्रचण्डले जिल्लास्थित पार्टी कार्यकर्तासंग अनौपचारीक भेटघाट गर्ने कार्यक्रम भने तए भएको छ।’
स्रोत: अन्नपूर्ण पोस्ट   बाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

आज स्वस्थानी व्रत समापन गर्ने पूर्णिमा

प्रतिनिधिसभाको बैठक बस्दै

राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ आज निर्वाचन आयोग जाने

सरस्वती आधारभूत विद्यालयको अध्यक्षमा भोलानाथ दाहाल

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.