• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

पूर्व-पश्चिम रेलमार्गको भरतपुर-निजगढ खण्डः रेखांकन विवाद मिलेसँगै सर्भे अघि बढ्यो

गोविन्द शर्मा तिमल्सिना२०७७ चैत्र ५ गते, बिहीबार २२:३७ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email
सांकेतिक तस्वीर

पूर्व–पश्चिम रेलमार्गको रेखांकनमा देखिएको विवाद सल्टिएको छ । पूर्व–पश्चिम रेलमार्गको भरतपुर–हेटौडा–निजगढ खण्ड अन्तर्गत निजगढ खण्डमा घना बस्तीबाट रेलमार्गको रेखांकन निर्माण गर्न खोज्दा विवाद उत्पादन भएको थियो । रेल विभाग र निजगढ नगरपालिकाबीच बस्ती र निजी सम्पत्तिको सुरक्षा हुनेगरी रेलमार्ग निर्माण गर्ने सहमति भएसँगै रेलमार्गको रेखांकन विवाद समाधान भएको नगर प्रमुख सुरेशकुमार खनालले जानकारी दिए ।

निजगढको बकैया खोला पूर्वीकिनारबाट रेलमार्ग निर्माण गर्दा मानवबस्ती, निजी खेतीयोग्य जमीन नपर्ने, तटबन्धको दीर्घकालीन समस्यासमेत समाधान हुने गरी निजगढ नगरपालिकासँग सहमति भएसँगै शुक्रबारदेखि सर्भेको काम सुरु भएको हो । निजगढ नगरपालिका र नगरवासीसँग समन्वय नगरी रेलमार्गको सर्भे अघि बढाउँदा विवाद उत्पन्न भएको थियो । रेलमार्गको रेखांकन क्षेत्रमा सर्भे गर्न पुगेको टोलीले निजगढवासीको अवरोध गरेका थिए । रेलमार्गको रेखांकन क्षेत्रभित्र आफ्नो घर जग्गा पर्ने देखिएपछि निजगढवासी विरोधमा उत्रेका हुन् । पूर्वजानकारी नदिएर व्यक्तिगत सम्पत्ति नापजाँच गर्न खोज्दा स्थानीयले अवरोध गरेका हुन् । सर्भे टोली आउने विषयमा नगरपालिकालाई पनि जानकारी दिइएको थिएन ।

निजगढका स्थानीयले रेलमार्ग पीडित सरोकार समिति नै गठन गरी रेल विभाग, प्रशासन कार्यालय, निजगढ नगरपालिकालाई ज्ञापनपत्र बुझाइएका थिए । बस्तीको मध्यभागबाट रेलमार्ग निर्माण गर्नुभन्दा बस्ती नजिक बग्ने बकैया नदीको किनारैकिनारको बाटो उपयुक्त हुने निजगढबासीको ज्ञापनपत्रमा उल्लेख थियो । निजगढबासीको माग सम्बोधन भएसँगै रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण प्रक्रिया पुनःअघि बढेको हो ।

‘पूर्व प्रस्तावित रेलमार्ग निजगढ नगरपालिकाको बाक्लो बस्ती क्षेत्र हुँदै अघि बढ्थ्यो’, खनालले भने, ‘बस्ती मासिने डरमा स्थानीयले विरोध गरेका हुन् ।’ अहिले वस्ती सुरक्षित हुनेगरी बकैया खोलामा तटबन्धको निर्माण गर्नेगरी सहमति भएसँगै शुक्रबारबाट सर्भेको काम अघिबढेको प्रमुख खनालले बताए ।

सरकारले आर्थिक वर्षदेखि२०६६÷६७ देखि पूर्व–पश्चिम रेलमार्गको डीपीआर सुरु गरेको हो । यो रेलमार्गको डीपीआर आव २०७५/७६ मा सम्पन्न भइसकेको थियो । भरतपुर–हेटौडा–निजगढ खण्डमा चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्ष केन्द्र पर्ने भएकाले यो खण्डमा पुनः डीपीआर गर्न लागिएको हो । युसिन–बार्सिल–सीआरईईसी–एफबीसी जेभीले यो खण्डको डीपीआरको जिम्मा पाएको छ । २०७६ पुस ६ गते विभाग र परामर्शदाताबीच डीपीआरका लागि सम्झौता भएको थियो । उक्त सम्झौता भएको १५ महिनाभित्र परामर्शदाताले डीपीआर तयार गरी विभागलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ ।

परामर्शदाताले डीपीआरका लागि विदेशी साझेदारले १२ लाख ८५ हजार ४ अमेरिकी डलर र नेपाली साझेदारका लागि १२ करोड ९ लाख ८० हजार ६ सय ५२ रुपैयाँ प्रस्ताव गरेको थियो । पूर्व–पश्चिम रेलमार्गअन्तर्गत बर्दिबास–निजगढ खण्ड भने निर्माण चरणमा पुगेको छ। ७० किलोमिटर रेलमार्ग निर्माण गर्न विभागले पुल र ट्रर्याक ब्रोडगेजको ठेक्का लगाइसकेको छ । (यो समाचार नारायणी अनलाइनबाट साभार गरिएको हो ।)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

शेयर बजार साढे १८ अङ्कले घट्यो

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

सुनको भाउ आज आठ सय रुपैयाँले घट्यो

काठमाण्डौंमा जेष्ठ नागरिकहरुको फोटो प्रदर्शनी हुने

टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

हेटौंडामा अत्याधुनिक सैलुन सञ्चालन

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.