
हेटौडा / राष्ट्रीय युवा संघ नेपाल मकवानपुरको जिल्ला भेला हुने भएको छ।
आउदो चैत्र ९ गते रोयल प्यालेस हेटौडामा नेकपा एमालेका केन्द्रिय सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा जिल्ला भेला गर्न लागिएको राष्ट्रीय युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले जानकारी दिनुभयो।
अध्यक्ष चौलागाईले युवा भेलामा सहभागिताको निम्ति सम्पूर्ण न्यायप्रेमी युवाहरुलाई अनुरोध समेत गर्नुभएको छ।
भेलालाई नेकपा एमालेका केन्द्रिय सदस्यहरु, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ तथा जिल्ला स्तरिय नेताहरुले संबोधन गर्ने कार्यक्रम रहेको युवा संघ मकवानपुरका नेता लक्ष्मण उप्रेतीले बताउनुभयो।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1