• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

करिब डेढसय मिटर अपलिफ्ट भएर खस्यो ‘गरुडा’ रकेट , प्रक्षेपण प्रयास मात्र

गोविन्द शर्मा तिमल्सिना२०७७ चैत्र ७ गते, शनिबार २१:५४ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email


काठमाडौँ — नेपाली विद्यार्थीहरुले बनाएको ‘गरुडा’ रकेट धनुषाको भिमानमा करिब डेढसय मिटर अपलिफ्ट भएर खसेको छ । 

लन्च प्याड, हावाको बहाव र मोटरममा फ्युल बर्न राम्रोसँग नुहँदा प्रक्षेपण सफल हुन नसकेको गरुडाका मुख्य निर्माणकर्ता मोहन तामाङले बताए । ‘लन्च प्याड अलिक धेरै दह्रो भएर हाम्रो रकेटलाई बढी फ्रिक्सन भयो,’ तामाङले भने, ‘मोटरमा फ्युल बर्न पनि राम्रोसँग हुन पाएन जसका कारण रकेट जुन गतिमा जानुपर्थ्यो जान सकेन । हावाका कारणले फर्कियो । ‘

इन्धन राम्रोसँग नबल्दा रकेट थोरै गतिमा मात्रै उडेको तामाङले बताए । १० मिटर उचाइको गरुडामा ‘पोटासियम नाइट्रेट र सुगर’ इन्धनको रुपमा प्रयोग गरिएको थियो । यो रकेटमा सोलिड प्रोपलेन्ट फ्युल प्रयोग भएको छ ।

अबको एक महिनापछि दोस्रो परीक्षण गर्ने तामाङले जानकारी दिए । ‘हामीले हरेस खाएका छैनौं र हरेश खाएर पनि हुँदैन,’ उनले भने,’ अबको एक महिनाभित्र अहिलेका समस्याहरुलाई समाधान गरेर लन्च गर्नेछौं । ‘

प्रधान सेनापति पूर्णचन्द्र थापाले गरुडा प्रोजेक्टलाई सेनाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको तामाङले बताए । सेनापति थापाले गरुडा प्रोजेक्ट आंशिक रुपमा सफल भएको र यसलाई नराम्रो नसोच्‍न आग्रह गर्दै हौसला प्रदान गरेका थिए । राष्ट्रिय आविष्कारक केन्द्रका प्रमुख महाविर पुनले इनोभेसन सेन्टरको तर्फबाट अझ सहयोग हुने बताएका छन् ।

धनुषाको भिमानबाट ‘गरुडा’ प्रक्षेपण गरिँदै

एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन स्पेसपोर्ट अमेरिका कप–२०२१ मा सहभागिता जनाउनका लागि गरुडा तयार पारिएको हो । ७.४२ फिट उचाइ रहेको गरुडाको व्यास ६ इन्चको छ ।

यसैबीच, नियर एरो स्पेस नेपालले तयार गरेको आरम्भ-१ रकेटको पनि प्रक्षेपण असफल भएको छ । नेपाल स्पेस ड्रिम परियोजनाअन्तर्गत निर्माण गरिएको ५.५,५.६ र ५.७ फिट उचाइ भएको ३ वटा एम्याचुअर रकेट प्रक्षेपण पनि असफल भएको हो । यी रकेटहरुको मोटर टेस्ट सफल भएपनि लिफ्ट अफ नभएर खसेको भएको निर्माणकर्ता शिशिर जिसीले जानकारी दिए । आरम्भ-१को ५० मिटर अपलिफ्ट भएर तल खसेको थियो । एप्रिल १६मा चाही आरम्भ-२ को ९.५इन्च उचाइ भएको प्रक्षेपण ।

यस्तै, भिमान मै परीक्षण गरिएको पाकुरा संस्थाले निर्माण गरेको ६० किलोमिटरसम्म उड्न सक्‍ने भनिएको ‘गौथली’ नाम गरेको औषधि बोक्ने ड्रोनको परीक्षण उडान पनि असफल भएको छ । उक्त ड्रोन एक किलोमिटर माथि पुगेर खसेको जिसीले जानकारी दिए ।

प्रक्षेपणमा सहभागी हुनका लागि नेपाल सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा, पूर्व सेनापति रुकमाङ्गद कट्‌वाल,राष्ट्रिय आविष्कारक केन्द्रका प्रमुख महाविर पुन लगायत धनुषास्थित नेपाली सेनाको ब्यारेक नजिकैको प्रक्षेपणस्थल पुगेका थिए । यो समाचार ईकान्तिपुर डटकममा गोविन्द पोखरेलले लेखेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

काठमाण्डौंमा जेष्ठ नागरिकहरुको फोटो प्रदर्शनी हुने

टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

हेटौंडामा अत्याधुनिक सैलुन सञ्चालन

नमूना प्रगति साकोसका नवनिर्वाचित समितिले लिए सपथ

पत्रकार सम्मेलनमा पत्रकारलाई नै बन्धक बनाउने प्रयास,महासंघले जनायो आपत्ति

हेटौंडा अस्पतालका ७८ चिकित्सकले दिए सामूहिक राजीनामा

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.