
मकवानपुरगढी- नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरगढी गाउँ कमिटीको कार्यालय वडा नम्बर ६, डुम्रेकुनामा स्थापना गरि सोमबार (आज) उद्घाटन गरिएको छ । एमाले केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा कार्यालय उद्घाटन गरिएको हो ।
सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि मकवानपुरगढी गाउँपालिकाको डुम्रेकुनामा एमाले गाउँ कमिटीको कार्यालय खोलिएको हो । नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटी अध्यक्ष जीत बहादुर घिमिरेको अध्यक्षता र एमाले नेता तथा पुर्वा उद्योग मन्त्री महेश बस्नेतको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल क्षेष्ठ, पुर्व प्रदेश सभा सदस्य तथा एमाले नेता अनन्त पौडेलले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रमुख अतिथी महेश बस्नेतले जबजको सिद्धान्त बोकेर अगाडी बढेको नेकपा एमालेमात्र हरेक क्षेत्र, वर्ग, समुदायको हितमा लागेको पार्टी रहेको दावी गर्नु भयो ।
त्यसै गरि संविधानसभा सदस्य तथा पुर्व सांसद अनन्त पौडेलले आफ्नै पार्टी भित्र नै प्रधानमन्त्री केपी ओली र कम्युनिष्ट आन्दोलनलाई सिध्याउने कुचेष्टा गरेपछि यस्तो अवस्था आएको बताउनु भयो । मन्तव्यकै क्रममा मकवानपुर एमाले अध्यक्ष एकलाल एकलाल श्रेष्ठले पटक–पटक मकवानपुरबाट एमालेबाटै जनताको भोट लिएर नेता बनेकाहरुनै सरकारको बिरुद्ध लागेकोले अब जनताले चिन्नु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा मेम्बर लो, कृष्ण बहादुर गोले, विष्णु दंगाल, टिका दाहाल, चन्द्र बहादुर योन्जन, रमिला घलान, शिवहरी दाहाल, प्रमोद फुयाँल, फणिन्द्र राज घिमिरे, खिलारत्न लामा लगायतको उपस्थिति रहेको थियो ।