
मकवानपुरगढी- बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता एवम् मकवानपुर कांग्रेस सभापति ईन्द्रबहादुर बानियाँको पहलमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ को सुकौरा स्वास्थ चौकीलाई एम्बुलेन्स सहयोग प्राप्त भएको छ।
नेता बानियाँको आर्थिक सहयोग र उहाँकै विषेश पहलमा स्वास्थ चौकीमा आईपुगेको एम्बुलेन्स आज एक कार्यक्रमका बिच मकवानपुरगढी वडा नम्बर ७ सुकौरामा रहेको सुकौरा स्वास्थ चौकीलाई हस्तान्तरण गरिएको हो। नेता बानियाँले सुकौरा स्वास्थ चौकिका अध्यक्ष सुर्य बहादुर रुम्बालाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नु भएको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1