
मकवानपुर- कोरोना जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार एक सूचना जारी गर्दै भेला,सम्मेलन, जुलुस जस्ता भिडभाड हुने कार्य नगर्न सर्वसाधारणलाई अपिल गरेको छ ।
पछिल्लो समय विश्वभर र छिमेकी देश भारतमा कोरोना संक्रमण बढिरहेको भन्दै सभा,भेला, सम्मेलन, जुलुस लगायत भिडभाड हुने कार्य नगर्न सर्वसाधारणमा अनुरोध गर्दै भौतिक दुरी कायम गर्न र जनस्वास्थ्य मापदण्ड पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
उता छिमेकी देश भारतमा गएको २४ घण्टामा ४७ हजार भन्दा धेरैलाई कोरोना संक्रमण भएको छ भने अन्य केही देशमा पनि संक्रमण बढ्दै गएको विश्व स्वास्थ्य संगठन (WHO) ले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1