• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    हेटौंडामा प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

    २०८० मंसिर १४ गते, बिहीबार १५:४७

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

भृकुटी कागज कारखाना संचालन बारे सरकारले थाल्यो अध्ययन

गोविन्द शर्मा तिमल्सिना२०७७ चैत्र १० गते, मंगलवार २१:४७ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email


गैडाकोट नगरपालिकाको पहिलो नगरसभाले गरेको निर्णय अनुरुप नै भृकुटी कागज कारखाना सरकारले नै फिर्ता लिनुपर्ने सुझाव एउटा अध्ययन प्रतिवेदनले दिएको छ । नगरप्रमुख छत्रराज पौडेलले मेयरमा निर्वाचित भएपछि पहिलोपटक कारखानालाई राष्ट्रियकरण गर्न माग गरेका थिए । सोही अनुरुप नगरसभाबाट समेत निर्णय गरिएको थियो । रुग्ण उद्योगबारे सरकारलाई सुझाव दिन गठित समितिले उद्देश्यअनुसार सञ्चालन नभएका उद्योगहरु सरकारले नै फिर्ता लिएर सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ । आफुले निरन्तर भन्दै आएको कुरा आज समितिबाट सिफारिस भएको भन्दै पौडेलले कार्यान्वयन हुनेमा आशाबादी रहेको बताए । उनले भने,मैले निरन्तर यसबारे आवाज उठाएको छु,विभिन्न मन्त्रालय धाएको छु ।

अध्ययन समितिका संयोजक तथा पूर्वसञ्चार सचिव दीपक सुवेदी भन्छन्, ‘यसमा भृकुटी कागज कारखाना उद्योग पर्दछन् । यिनीहरु जुन प्रयोजनका लागि निजीकरण भएका थिए, सो अनुसार सञ्चालन भएनन् । व्यावसायिक हिसावले काम गरेनन्, जग्गा बेचेर राफसाफ गर्ने उद्देश्यले काम गरेको देखिएको छ । यसकारण ती उद्योगहरुको जग्गा सरकारले नै फिर्ता ल्याउनुपर्छ भन्ने हाम्रो सुझाव हो ।’

भृकुटी कागज उद्योग २८ वर्षअघि निजीकरण भएको थियो । नवलपरासीको गैँडाकोटमा कागज उत्पादन गरी स्वदेश तथा विदेशमा बिक्री वितरण गर्ने भन्दै स्थापना भएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राज्यको दायित्व निजी क्षेत्रलाई सार्दै जाने नीति अनुरुप भृकुटी कागज कारखानालाई २०४९ सालमा गोल्छा अर्गनाइजेसन, काभ्रा समूह र कन्क्राफ्टलाई सबै जमिनसहित सम्पूर्ण संरचना निजीकरणको सुरुवात गरेका थिए ।

चीन सरकारको सहयोगमा २०४२ यो कागज कारखानाको स्थापना भएको हो । निजीकरणपछि गोल्छा समूहले उद्योग चलाउँदै आएका थियो । भृकुटी कागज कारखानाका मुख्य सञ्चालक दिवाकर गोल्छा हुन् । ६० बिगाहा जमिनसहित तत्कालीन अवस्थामा दैनिक ८ टन कागज उत्पादन गर्ने कारखाना अहिले मृत छ ।
जुन उद्देश्यका लागि निजीकरण गरिएको हो त्यसको विपरीत जान दिनुहुँदैन भन्ने समितिको सिफारिस छ । निजीकरण भएर उद्देश्यअनुसार नै सञ्चालन भएकाहरुको चाहिँ व्यवस्थापनमा सुधार गरेर नाफामा जान सकिने सुझाव समितिको छ । यो समाचार नारायणी अनलाइनले लेखेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

वडा स्तरमै पुगेर योजना सम्झौता गर्दै मकवानपुरगढी गाउँपालिका

सुनको मूल्यमा नयाँ रेकर्ड

पालुङ जेसीजले यहि मंसिर १५ देखि १७ गतेसम्म जेसिज सप्ताह गर्ने, तीन दिनमा सात कार्यक्रम

सरकारले तोकेकै मुल्यमा दुध खरिद गर्न सरोकारवालाहरु सहमत

झन्डै ४८ अङ्कले बढेर शेयर बजार हरियाली

सुनको भाउ बढेर तोलाको १ लाख १६ हजार ९ सय रुपैयाँ पुग्यो

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.