• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

विद्युतीय सामग्रीहरूको मुल्य वृद्धि

गोविन्द शर्मा तिमल्सिना२०७७ चैत्र ११ गते, बुधबार ०६:४७ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email



काठमाडौं- बजारमा विद्युतीय सामग्रीहरूको मूल्य बढेको छ । घर वायरिङमा प्रयोग गरिने तार, पंखा, केबुल, चार्जर र ब्याट्रीलगायत सामग्रीको मूल्य बढेको छ । अन्तरराष्ट्रिय बजारमा यी सामग्रीमा प्रयोग गरिने कच्चा पदार्थको मूल्य बढेका कारण कम्पनीबाट नै मूल्य बढेर आएको व्यापारीहरूको भनाइ छ ।

विद्युतीय सामग्रीहरूमा प्रयोग हुने कपर, आल्मुनियम, आइरन र पीभीसीलगायत कच्चा पदार्थहरूको मूल्य बढेका कारण अहिले यस्ता सामग्रीको मूल्य बढेको विद्युतीय व्यापार संघका अध्यक्ष सुदर्शन न्यौपानेले आर्थिक अभियान दैनिकलाई बताए । उनका अनुसार हाल यस्ता कच्चा पदार्थको मूल्य करीब दुई गुनासम्मले बढ्दा ती सामग्रीको मूल्य पनि सोही दरमा बढेको छ ।

बन्दाबन्दीको समयभन्दा अघि प्रतिटन ४ हजार ८ सय अमेरीकी डलर पर्ने तामाको मूल्य यति बेला बढेर ९ हजार डलरसम्म पुगेको छ । त्यसैगरी प्रतिकिलो १ सय ८ रुपैयाँ पर्ने पिभिसिको मूल्य १ सय ६० रुपैयाँ पुगेको छ । विभिन्न किसिमका तार, केबुल, पंखा, स्वीचलगायतका अधिकांश सामग्रीमा आल्मुनियम, कपर र पीभीसीको प्रयोग गरिएको हुन्छ ।

त्यसैगरी ल्यापटप तथा मोबाइलमा प्रयोग हुने ब्याट्री चार्जर, हेडफोनलगायत सामानको मूल्यमा पनि करीब २ गुनाले वृद्धि भएको बताइएको छ । बन्दाबन्दी अघि ३ हजार रपैयाँ पर्ने डेल कम्पनीको ल्यापटपको ब्याट्रीको मूल्य यति बेला ७ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी ७ सय रुपैयाँ पर्ने डेल ल्यापटप चार्जरको मूल्य हाल १५ रुपैयाँ पुगेको छ । यसअघि ४ सय रुपैयाँ पर्ने हेडफोनको मूल्य पनि २ सय रुपैयाँले बढेर ६ सय रुपैयाँ पुगको छ ।

मूल्य बढ्नुमा अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धिसँगै सामान आयात गर्दा लाग्ने भाडादर बढ्नु कारण रहेको व्यवसायीको भनाइ छ । त्यस्तै, उत्तरी नाका खुल्ने तथा बन्द हुने अनिश्चितता पनि मुख्य कारकका रूपमा रहेको व्यवसायीहरूले बताएका छन् । उनीहरूले यसअघि विद्युतीय सामग्रीको आयात विशेष गरी केरुङ र तातो पानि नाकामार्फत गर्ने गरेका थिए । ‘उक्त दुई नाकाबाट सामान आउने निश्चितता नहुँदा हामीहरूले पानीजहाजमार्फत भारतको कोलकाता र विशाखापत्तनम् बन्दगाह हुँदै सामान आयात गर्नुपरेको छ । यसो गर्दा लामो समय लाग्ने र भाडादर पनि बढी लाग्ने गर्छ,’ टेक्नो कम्प्युटर न्यूरोडका व्यापारी राजु श्रेष्ठले भने ।

उनका अनुसार अहिले भारतीय बाटो हुँदै सामान आयात गर्दा कन्टेनरको भाडादर पनि सामान्य अवस्थाको बेलाभन्दा करीब २ गुनाले बढेको छ । यसरी सामान आयात गर्दा बढी समय लाग्नुका साथै सामान बिग्रने, फुट्ने सम्भावना पनि छ ।
यो समाचार आजको आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

अनुगमन बढाउन औषधि व्यवस्था विभागलाई मन्त्री गिरीको निर्देशन

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.