• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

बेच्नुअघि भगवानलाई तीन पटक ढोग्ने रेडपाण्डा तस्करहरू !

✎ शुभसमय२०७७ चैत्र ११ गते, बुधबार १९:२६ 3 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

प्रहरीले रेडपाण्डा(हाब्रे)को छालासहित तीन जनालाई सोलुखुम्बुबाट पक्राउ गरेको छ।

सोलुखुम्बु प्रहरीले महाकुलुङ गाउँपालिका-२ का ७६ वर्षीय जगतबहादुर राई, ‍वडा ३ का ५७ वर्षीय मित्रधन राई र ५६ वर्षीय कविरशंखर राईलाई पक्राउ गरेको हो।

उनीहरूबाट प्रहरीले ७ वटा रेडपाण्डाको छाला बरामद गरेको छ।

त्यस्तै, रेडपाण्डा मार्न प्रयोग गरिने ५ वटा पासो समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) कवित कटवालले जानकारी दिए।

प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले धेरै समयअघि देखि नै रेडपाण्डाको सिकार गरी तस्करी गर्ने गर्थे।

प्रहरीले सोलुखुम्बुको हिमाली भेगस्थित राष्ट्रिय निकुञ्ज क्षेत्रबाट वन्यजन्तुको सिकारी तथा तस्करी भइरहेको भन्ने सूचना पाएको थियो।

सूचना पाएपछि जिल्लाबाट प्रहरीले चैत ४ गते नै प्रहरी निरीक्षक मन्दिप चौहानको नेतृत्वमा विशेष टोली खटिएको थियो।

सगरमाथा राष्ट्रिय निकुञ्ज र मकालु वरूण राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी निकासी भइरहेको हल्ला चलेपछि विशेष टोली खटाएको डिएसपी कटवालले बताए।

‘तस्करी हुन्छ भन्ने हल्ला चलिरहेको थियो। माथिल्लो भेगमा एउटा शेर्पाहरूको बस्ती छ। उनीहरूले आफ्नो धर्मको कारण मार्न नमिल्ने भन्ने विश्वास रहेछ,’ डिएसपी कटवालले भने,’ त्यही क्षेत्रको महाकुलुङ भन्ने ठाउँमा राई बस्ती छ। त्यहाँबाट तस्करी हुन्छ भन्ने थाहा पाएपछि हामीले व्यापक निगरानी बढायौं।’

त्यसपछि प्रहरीले सूचना पायो- महाकुलुङका जगतबहादुर राई तस्करीमा संलग्न छन्। तत्कालै प्रहरीले उनलाई नियन्त्रणमा लियो।

उनीबाट तीन वटा रेडपाण्डाको छाला पनि प्रहरीले बरामद गर्‍यो।

उनीमाथि सोधपुछपछि कविरशंकर राईसम्म प्रहरी पुग्यो। उनले पनि ती छाला मित्रधन राईबाट लिने कुरा खुलेपछि तीनै जनालाई प्रहरीले नियन्त्रणमा लियो।

डिएसपी कटवालका अनुसार मित्रधन राई सिकारी हुन्। उनले जंगलमा मोटरसाइकलको चेन प्रयोग गरी पासो थाप्थे। पासोमा परेपछि लठ्ठीले हिर्काएर मार्थे।

‘सिकारी मित्रधन मुख्य मान्छे रहेछ। उनले कविरशंकरलाई दिँदो रहेछ, उनले फेरि जगतबहादुरलाई दिने रहेछ,’ कटवालले भने,’जगतबहादुरले अरू एजेन्टहरूलाई बेच्ने रहेछ।’

उनीहरूको कारोबार भने रातिको समयमा मात्रै हुन्थ्यो। त्यसरी एक जनाले एउटामात्रै काम गरेर आफ्नो विश्वासिलो पात्रहरूसँग मात्रै भेट्ने उनीहरूको नियमजस्तै भएको डिएसपी कटवाल बताउँछन्।

प्रहरीका अनुसार जगतबहादुर धार्मिक व्यक्ति पनि हुन्। उनी किरात धर्मलाई मान्ने गर्छन्।

‘उनीहरूको रूपलाई हेर्दा यस्तो तस्करीमा लाग्ने खालका देखिन्न। जगतबहादुर एकदमै धार्मिक मान्छे रहेछ। किरात धर्मलाई मान्ने किरात धर्मलाई पुकार्ने,’ उनले भने,’ रेडपाण्डा कसैलाई दिनुभन्दा अगाडि भगवानलाई उनले तीनचोटि ढोग्दा रहेछन्। यसलाई ढोग्नुपर्छ। दिउँसो चलखेल गर्‍यो भने पुलिसले समात्छ राति गर्नुपर्छ भन्दो रहेछन्।’

उनीहरूले ती रेडपाण्डा किमाथाङ्का नाकाबाट चीन र म्यानमारमा बेच्ने गरेको उनले बताए।

‘रेडपाण्डा दुर्लभ जन्तु हो। उनीहरूले सौन्दर्य र औषधिको लागि प्रयोग गर्ने पनि बुझियो,’ उनले भने,’उनीहरूले चाहिँ सुरूमा होलसेलमा जसरी ५०-६० हजारमै बेच्ने अनि माथिसम्म पुग्दा यो २ लाखदेखि ६ लाखसम्ममा विक्री गर्ने गरिएको बुझियो।’

अहिले यससम्बन्धी थप अनुसन्धान गर्न मकालु वरूण राष्ट्रिय निकुञ्ज संखुवासभाबाट अनुसन्धान अधिकृत आउँदै गरेको उनले बताए।

उनीहरूमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२१ को दफा २६ को १ अनुसार पाँच लाख रुपैयाँदेखि दस लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ।

त्यस्तै पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुबै सजाय हुनसक्छ।

(समाचार र तस्बिर सेतोपाटीबाट साभार गरिएको हो )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

गृहमन्त्री हेटौंडा आएकै बेलामा घुमुवा प्रहरीले मच्याए उत्पात, प्रहरी कार्यालयभित्रै महिलाको मृत्यु

यौन दुर्व्यवहारमा कारबाही सिफारिस गरिएका एसएसपीले दिए राजीनामा

स्थानीय तहका कर्मचारीले थाले आन्दोलन

चुरिमाई मन्दिर नजिक सवारी दुर्घटना हुँदा नौ जान यात्रु घाइते

अनमोल केसीलाई आज अदालतमा उपस्थित गराइँदै

निगमले पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लियाे, आज रातिदेखि लागू हुने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.