• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशसभा बैठक बस्दै

    २०७९ माघ २२ गते, आईतवार ०९:५५

     गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    २०७९ माघ १९ गते, बिहीबार १७:१९

    स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

    २०७९ माघ १८ गते, बुधबार २२:०३

    सरकारले बिजनेस नदिँदा बागमती प्रदेशसभा बैठक अनिश्चित

    २०७९ माघ १८ गते, बुधबार ०८:५६

    सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

    २०७९ माघ १८ गते, बुधबार ०८:४७
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण थालिने

गोविन्द शर्मा तिमल्सिना२०७७ चैत्र १३ गते, शुक्रबार ११:४८ 3 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौँ- विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माण प्रक्रिया सुरु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले टेन्डर प्रक्रियाबाट चीनको जियाङ्सु जोङ्दोङ न्यु इनर्जी टेक्नोलोजी कम्पनी छनोट गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो । प्राधिकरणले निर्माण कम्पनीलाई सम्झौताका लागि २८ दिनको म्यादसहितको पत्र पठाइसकेको जनाएको छ ।

कम्पनीलाई बैङ्क ग्यारेन्टीसहित सम्झौता गर्न पत्र ‘लेटर अफ इन्टेन’ (एलओआई) पठाइएको छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले भन्नुुभयो, “कम्पनी छनोट गरी सम्झौता गर्न आउन २८ दिनको म्यादसहित पत्र पठाइएको छ । अब छिट्टै सम्झौता भई काम सुरु हुन्छ । सम्झौता भएको एक वर्षमा निर्माण सकिनेछ । ”

एक वर्षअघि बोलपत्र आह्वान गरेको प्राधिकरणले अबको हप्ता दिनमा सम्झौता गरी निर्माण प्रक्रिया अघि बढाउनेछ । ५० वटा स्टेसन निर्माणका लागि करिब ६० करोड रुपियाँ लागत अनुमान गरिएकोमा ग्लोबल टेन्डरमार्फत कम्पनीले करिब ३८ करोड रुपियाँको बोलपत्र दिएको थियो । सोहीअनुसार सम्झौता हुने प्रवक्ता तिम्सिनाको भनाइ छ ।

देशभर ५० वटा स्टेसन निर्माण गर्न १३ वटा कम्पनीले परियोजना प्रस्ताव पेस गरेका थिए । स्टेसनमा १४२ किलोवाटको डीसी चार्जर राखिनेछ । एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन देशका विभिन्न स्थानमा रहनेछन् । ५० स्टेसनमध्ये सातवटा प्रदेशमा पाँच÷पाँचवटा, काठमाडौँ उपत्यकामा सात र बाँकी आवश्यकताका आधारमा पूर्वपश्चिमराजमार्गमा राखिनेछ ।

प्राधिकरणका अनुसार प्रदेश १ को भद्रपुर, दमक, कन्काई, इटहरी र विराटनगरमा; प्रदेश २ को वीरगन्ज, सिमरा, चन्द्रनिगाहपुर, ढल्केबर, जनकपुरधाम, बर्दिबास र राजविराजमा; गण्डकी प्रदेशको नवलपुर (पूर्वी नवलपरासी), दमौली, स्याङ्जा र पोखरामा चार्जिङ स्टेसन निर्माण गरिनेछ

त्यसैगरी लुम्बिनी प्रदेशको नेपालगन्ज, भालुवाङ, बुटवल, दाङ र बर्दघाट÷सुनवलमा; कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिमको धनगढी, महेन्द्रनगर र डडेलधुरामा चार्जिङ स्टेसन निर्माण गरिनेछ । १२० किलोवाट र ६० किलोवाटसम्मका सवारीसाधनका लागि छुट्टाछुट्टै चार्जिङ प्रणाली विकास गरिने प्रवक्ता तिम्सिनाले बताउनुभयो ।

साधारण चार्जर प्रविधिले एउटा सवारीसाधन चार्ज गर्न पाँचदेखि सात घण्टासम्म लाग्ने गर्छ तर चार्जिङ स्टेसनमा १२० किलोवाटसम्मका सवारीसाधन बढीमा एक घण्टा २० मिनेटमा चार्ज हुने गर्छ । सवारीसाधन एक पटक पूर्ण चार्ज भइसकेपछि ३५० किलोमिटरसम्म गुड्न सक्छ ।
प्राधिकरणका अनुसार चार्जिङ स्टेसन सञ्चालनमा आएपछि थप सात हजार किलोवाट विद्युत् खपत हुनेछ । एकै पटक तीन सवारीसाधन चार्ज गर्न मिल्ने गरी स्टेसन निर्माण हुनेछन् ।

सुविधासम्पन्न स्टेसन
मोबाइल एप्सबाट चार्ज गर्ने समय र स्थान बुक गर्न सकिनेछ । चार्जिङ स्टेसनमा पुगेर गाडी चार्ज गर्नुअघि सवारीधनीले कार्ड स्वाइप गरेर पैसा तिर्नुपर्नेछ । कति मिनेटसम्म वा कति रुपियाँसम्मको चार्ज गर्ने हो, त्यसैअनुसार पैसा काटिन्छ र गाडी चार्ज हुन्छ । समय वा पैसा बराबरको चार्जिङ पूरा भएपछि उक्त गाडी थप चार्ज हुँदैन । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौैँबाटै हुनेछ । स्टेसनमा यात्रुहरू फ्रेस हुन खेल तथा खाना र खाजाको व्यवस्था हुनेछ ।

मोतीपुरमा विद्युुतीय बसको एसेम्बल
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा विद्युतीय बसको एसेम्बल राखिने भएको छ । नेपालको सुन्दर यातायात प्रालिसँग सहकार्य गरेर चीनको बीएके र एलडी मोटर्स कम्पनीले एसेम्बल प्लान्ट राख्ने भएका हुन् ।

नेपालमा एसेम्बल प्लान्ट राखेपछि एउटा विद्युतीय बसमा करिब ५० लाखसम्म सस्तो पर्ने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनुुभयो । तर एसेम्बल प्लान्ट राख्न उद्योग मन्त्रालय, अर्थ मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडबाट ढिलाइ भइरहेको अध्यक्ष थापाको भनाइ छ ।

उहाँले भन्नुुभयो, “प्रधानमन्त्रीले पटक–पटक बोल्नुभएको छ । उहाँले चासो पनि दिनुभएको छ । त्यहीअनुसार हामीले मोतीपुरमा एसेम्बल प्लान्टको तयारी गरेका हौँ तर जग्गा उपलब्धलगायतका काममा ढिलाइ भइरहेको छ । सरोकारवाला निकायले छिटो पहल गरिदिनुप¥यो । ”
गोरखापत्र अनलाइनबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

आज स्वस्थानी व्रत समापन गर्ने पूर्णिमा

प्रतिनिधिसभाको बैठक बस्दै

विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ आज निर्वाचन आयोग जाने

रास्वपालाई भौतिक पुर्वाधार मन्त्रालय लिन प्रधानमन्त्रीको प्रस्ताव , रास्वपाको बैठक चल्दै

रास्वपा तत्काल सरकारबाट नहट्ने, गृहमन्त्रीका बारे निर्णय लिन २ दिनको समय

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.