• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल फुटबल प्रतियोगिताको फाइनलमा

गोविन्द शर्मा तिमल्सिना२०७७ चैत्र १४ गते, शनिबार २२:५५ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं- नेपाल त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई गोलरहित बराबरीमा रोकेपछि किर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले फाइनलमा बङ्गलादेशकै सामना गर्ने तय भएको छ । फाइनल खेल सोमबार दशरथ रङ्शालामा साँझ साढे पाँच बजेदेखि हुनेछ । प्रतियोगिताको विजेता टोली पाँच हजार अमेरिकी डलरबाट पुरस्कृत हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङशालामा नेपाल र बङगलादेशले ०–० खेलेको हो । नेपालले प्रतियोगितामा गोल नगर्दै र जित हात नपार्दै फाइनलसम्मको यात्रा तय गरेको यो बिरलै अबसर हो । यसअघि नेपालले पहिलो खेलमा किर्गिस्तानसँग पनि गोलरहित बराबरी खेलेको थियो । आफ्नो दुबै खेलमा अङ्क बाँडेको नेपालले दुई खेलबाट दुई अङ्क जोडेको छ । किर्गिस्तानसँग जितेर पुरा तीन अङ्क बटुलेको बङ्गलादेशले भने नेपालसँग बराबरी खेल्दै अङ्क बाँड्दै चार अङ्कसहित शीर्ष स्थानमा छ । पहिलो खेलमा हार र दोस्रोमा नेपालसँग बराबरी खेलेको किर्गिस्तानले एक अङ्कमा सिमित हुँदै थ्री नेशन्स कप प्रतियोगिताको पूछारमा रहन बाध्य भयो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा नेपालले आधा दर्जन गोलको अबसर सृजना गर्यो । तर ‘फिनिश’ दिन सकेन ।
पहिलो हाफको २१ औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अञ्जन विष्टको फ्रि हेडर पोष्टको माथिबाट बाहिरिन पुग्यो । नेपाल सुरुवाती अग्रता लिनबाट चुक्यो । ४० औं मिनेटमा बङ्गलादेशका कप्तान जमलको फ्रिकिक पोष्ट नजिकैबाट बाहिरिन पुग्दा बङ्गलादेश अग्रता लिन सकेन ।
पहिलो हाफको तुलनामा नेपालले दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्यो । दोस्रो हाफको दश मिनेटभित्रै सञ्जोग राईलाई विशाल राईले र रबिशंकर पासवानलाई सुनिल बलले प्रतिस्थापन गर्नुभयो । दुबै खेलाडी आएपछि नेपालले आक्रामक प्रयास गर्यो तर गोलमा परिणत गर्न सकेन । बङ्गलादेशी डिफेन्डर मेहेदी हसन र अब्दुल्लाहले ब्लक गर्दै नेपाली आक्रमणलाई विफल तुल्याउनुभयो ।
५८ औं मिनेटमा अञ्जन विष्टले र ६० औं मिनेटमा अभिषेक रिजालले बङ्गलादेशी डिफेन्सलाई चिर्न सक्नुभएन । सुनिल बलले ६२ औं मिनेट दिनुभएको कर्नरलाई त्रिदेव गुरुङले हेडरमार्फत् गोलमा परिणत गर्ने प्रयास गर्नुभयो । तर सफल हुनुभएन ।
७७ औं मिनेटमा बङ्गलादेशले गोल गर्ने अबसर पायो तर गोलकिपर किरणकुमार लिम्बूले उक्त प्रयासलाई विफल तुल्याउनुभयो ।
प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानलाई बङ्गलादेशले १–० ले हराउँदा तथा नेपालले किर्गिस्तानसँग बराबरी खेल्दा बङ्गलादेशले नेपाल बिरुद्धको खेल अगाडि नै फाइनलमा स्थान सुनिश्चित गरिसकेको थियो ।

थ्री नेशन्स कपमा नेपालका तीन जना खेलाडीले अन्तर्राष्ट्रिय स्पर्धामा डेब्यु गर्नुभएको छ । सञ्जोग राई र त्रिदेब गुरुङ पहिलो रोजाईमा पर्दै डेब्यु गर्नुभएको छ । दुबैजनाले किर्गिस्तान बिरुद्धकै खेलमा डेब्यु गर्नुभएको थियो । निशान खड्का भने बङ्गलादेश बिरुद्धको खेलबाट नेपालको राष्ट्रिय फुटबल टोलीको पहिलो पटक प्रतिनिधित्व गर्नुभयो । दोस्रो हाफमा ७० औं मिनेटपछि निशानले रञ्जित धिमललाई प्रतिस्थापन गर्नुभयो । गोरखापत्र अनलाइनबाट साभार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

अनुगमन बढाउन औषधि व्यवस्था विभागलाई मन्त्री गिरीको निर्देशन

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.