


मनहरी / अखिल नेपाल महिला संघ ( अनेमसंघ) मनहरी गाउँपालिका स्तरीय भेला तथा बनभोज कार्यक्रम मनहरी- ९ को मोतीदेवी पार्कमा सम्पन्न भएको छ ।
भेलाले पम्फा रोकाको अध्यक्षतामा ४५ सदस्यीय गाउँकमिटी चयन गरेको छ । कमिटीको सचिवमा शान्ता राई चयन भएकी छिन ।
अखिल नेपाल महिला संघको केन्द्रीय सचिवालय सदस्य तथा एमाले मकवानपुरकी नेत्री पद्मा पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा करिब एक हजार भन्दा बढी महिलाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य मेनुका दाहाल, बागमती प्रदेश सदस्य बिमला कार्की, जिल्ला अध्यक्ष पार्वती राना, नेकपा एमालेका नेता रघुनाथ खुलाल, नेकपा एमाले मकवानपुरका सचिव लालबहादुर थापा ,युवा संघ नेपाल मकवानपुरको संयोजक लक्ष्मण उप्रेती लगाएतको उपस्थिति रहेको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1