• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

म्यानमारमा नरसंहार,गोली लागेर एकैदिन करिब ८९ जनाको मृत्यु

गोविन्द शर्मा तिमल्सिना२०७७ चैत्र १५ गते, आईतवार ०५:४८ 3 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

म्यानमारमा सैनिक कुविरुद्ध आन्दोलनरत प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले बर्बर दमन गरेको छ । सुरक्षाकर्मीको गोलीबाट शनिबार मात्रै सयभन्दा धेरैको मृत्यु भएको छ, जसमा चार बालबालिका पनि छन् । 

समाचार एजेन्सी म्यानमार नावका अनुसार शनिबार ‘सशस्त्र बल दिवस’मा विभिन्न ४० सहरमा ठूलो प्रदर्शन भएको थियो । विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले मृत्यु भएका प्रदर्शनकारीको संख्या फरक–फरक उल्लेख गरेका छन् । म्यानमार नावले एक सय १४ जनाको मृत्यु भएको बताएको छ भने बिबिसीले कम्तीमा ८९ जनाको ज्यान गएको उल्लेख गरेको छ । याङगुनमा मात्रै २४ जनाको मृत्यु भएको द गार्डियनले उल्लेख गरेको छ ।

म्यानमारकै दोस्रो ठूलो सहर म्यान्डलेमा नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीको झन्डा बोक्दै प्रदर्शनकारी आन्दोलनमा उत्रिएका थिए । न्युज आउटलेट्सले फेब्रुअरीदेखि म्यानमारमा रक्तपातको रिपोर्टिङ गर्नुपरिरहेको उल्लेख गरेको छ । मुख्य सहर याङगुनस्थित अमेरिकन कल्चर सेन्टर क्षेत्रमा पनि गोली चलेको थियो । तर, त्यसमा कोही घाइते वा प्रदर्शनकारीको मृत्यु नभएको अमेरिकी दूतावासले जनाएको छ । याङगुनमा सेनाले गस्ती बाक्लो पारेको छ ।

१ फेब्रुअरीमा सैनिक कु गर्दै सेना प्रमुख मिन आङ लाइङले राज्यसत्ता हत्याएपछि म्यानमारमा नागरिक प्रदर्शन सुरु भएको थियो । शनिबारसम्म पुग्दा आन्दोलन विशाल भइसकेको छ । दिनहुँजसो प्रदर्शनकारीमाथि गोली प्रहार भइरहेको छ । बिबिसीका अनुसार अहिलेसम्म सेनाको गोलीबाट चार सय प्रदर्शनकारीको मृत्यु भइसकेको छ । 

प्रदर्शनकारीले लोकतन्त्र बहाली नहुँदासम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन् । उनीहरूले नजरबन्दमा रहेका सबै नेताको रिहाइको पनि माग गरेका छन् । 

गत नोभेम्बरमा भएको निर्वाचनमा प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी एनएलडीले बहुमत प्राप्त गरेको थियो । सेनाको समर्थनप्राप्त युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी (युएसडिपी) नराम्ररी पराजित भएको थियो । निर्वाचनमा धाँधली भएको भन्दै सेनाले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट हालेको थियो । तर, अदालतले त्यसमाथि सुनवाइ गरेको छैन । त्यसपछि सेनाले नेतृ सुकीलगायत एनएलडीका शीर्ष नेताहरूलाई नजरबन्द गर्दै कु गरेको थियो । 

दमनको सर्वत्र विरोध

सेनाद्वारा गरिएको नरसंहारको सर्वत्र विरोध भइरहेको छ । युरोपियन युनियन (इयू)ले बर्बरतापूर्ण दमनले म्यानमारको ‘७६औँ सशस्त्र बल दिवस’कै अपमान भएको उल्लेख गरेको छ । ‘आजको दिन आतंक र बेइज्जतीका रूपमा कुँदिएको छ, केटाकेटीसहितका हतियारविहीन नागरिकको हत्या आपराधिक कार्य हो,’ इयूले भनेको छ । त्यस्तै, म्यानमारस्थित अमेरिकी र बेलायती दूतावासले पनि विरोध जनाएको छ । बेलायती दूतावासले ‘निःशस्त्र नागरिकलाई गोली हानेर म्यानमार सेना आफ्नै बदनामी’ गरिरहेको प्रतिक्रिया दिएको छ । त्यस्तै, अमेरिकी दूतावासले निहत्था र निर्दोष प्रदर्शनकारीको हत्या भइरहेको बताएको छ । म्यानमारस्थित ह्युमन राइट्स एसियाका प्रतिनिधि फिल रोबट्र्सनले सेनाले गरिरहेको दमनले स्तब्ध बनाएको बताएका छन् । उनले राज्यबाट भइरहेको दमनलाई ‘भयानक’ र ‘बर्बर’ बताउँदै अस्वीकार्य भनेका छन् । यसैबीच अमेरिका र बेलायतले म्यानमार सेनाका दुई माथिल्ला अधिकारीलाई शुक्रबार प्रतिबन्ध लगाएको छ ।

सेना प्रमुख मिन आङको धम्की : ‘गोली तपाईंको टाउको वा ढाडमा पनि लाग्न सक्छ’

‘सशस्त्र बल दिवस’का अवसरमा शनिबार सेना प्रमुख मिन आङ लाइङले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले लोकतन्त्र रक्षा गरिरहेको र चाँडै निर्वाचन हुने दाबी गरेका छन् । ‘हामी लोकतन्त्रकै रक्षाका निमित्त काम गरिरहेका छौँ, म्यानमारमा निर्वाचन हुनेछ,’ नेसनल टेलिभिजनबाट सम्बोधन गर्दै सेना प्रमुख मिन आङले भने । उनले निर्वाचन कहिले हुने भन्नेचाहिँ खुलाएका छैनन् । सेना प्रमुख मिन आङले प्रदर्शनकारीलाई चेतावनी दिएका छन् । पछिल्ला दिनमा सैनिक कारबाहीमा निधन हुनेको संख्या हेरेर प्रदर्शनकारीले केही सिक्नुपर्ने उनको भनाइ छ । ‘सेनाको गतिविधिपछि अहिलेसम्म प्रदर्शनकारीले केही सिक्नुपर्ने थियो, गोली तपाईंको टाउको वा पछाडि ढाडमा पनि लाग्न सक्छ,’ उनले धम्कीपूर्ण भाषामा भने । सेनालाई गोली चलाउन आदेश नदिएको उनको दाबी छ । नयाँ पत्रीका बाट साभार ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

अनुगमन बढाउन औषधि व्यवस्था विभागलाई मन्त्री गिरीको निर्देशन

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.