हेटौंडा / रंगहरूको पर्व होली अर्थात फागुपर्व तराईका विभिन्न जिल्लाहरूमा सोमबार हर्षोलासपूर्वक मनाइँदै छ ।
हिमाली र पहाडी जिल्लामा आइतबार नै होली पर्व मनाइए पनि तराईका विभिन्न जिल्लाहरूमा भने आज सोमबार होली मनाउन लागिएको हो ।
होली पर्वका अवसरमा सरकारले सोमबार तराईका जिल्लाहरुमा सार्वजनिक बिदा समेत दिएको छ ।
भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ ।
कोरोना संक्रमणको जोखिमका कारण भिडभाड नगरी घरमै सुरक्षीत भै होली पर्व मनाउन सरकारले आह्वान समेत गरिसकेको छ । होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले आबस्यक सुरक्षा सतर्कता बढाएको छ ।