
मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिकाले पशु यान्त्रिकरण , काउ रबर म्याट वितरणका लागि दुग्ध उत्पादक सहकारी संस्थाहरु तथा पशु फर्महरुबाट आवेदन माग गरेको छ ।
गाउँपालिकाको चालू आव. २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पशु यान्त्रिकरण कार्यक्रम अन्तर्गत पशु पालनमा ब्यावसायिक गर्न पचास प्रतिशत अनुदानमा काउ रबर म्याट वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।
आवेदनका साथमा दुग्ध सहकारी वा पशु फर्मको दर्ता प्रमाणपत्र साथमा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र , दुग्ध सहकारीको हकमा संस्थाको संचालक समितिको बैठकको प्रतिलिपीका साथै सहकारीले पच्चीस प्रतिशत र सम्बन्धित कृषकले पच्चीस प्रतिशत ब्यहोर्नु पर्ने छ । निवेदनको साथमा सम्बन्धित वडा कार्यालयको सिफारिस समेत पेश गर्नुपर्ने सुचनामा जनाइएको छ।
गाउँपालिका भित्र रहेका दुग्ध सहकारी संस्था तथा पशु फर्महरुले सुचना प्रकाशन भएको मितिले पन्ध्रदिन भित्र आवेदन पेश गर्न सक्नेछन् ।
