• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

नेपालगञ्जमा एक अर्ब रूपियाँ पर्ने जग्गा सरकारलाई फिर्ता हुँदै

गोविन्द शर्मा तिमल्सिना२०७७ चैत्र १८ गते, बुधबार १३:१४ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email


नेपालगञ्ज- बाँकेको खजुरा गाउँपालिकास्थित साविकको उढरापुर गाविस वडा नं. २ र हालको वडा नम्बर ६ खाँडसारीमा रहेको १८० बिघा जग्गालाई सरकारकै नाममा दर्ता गर्न भूमिसुधार मन्त्रालयमा सिफारिस गरिएको छ । तत्कालीन सरकारसँग ऊखु खेती तथा चिनी मिल सञ्चालन गर्नका लागि २०४२ सालमा लिएको एक अर्ब दुई करोड रूपियाँ मूल्यको १८० बिघा जग्गा तोकिए बमोजिम उपयोग नभएको पाइएपछि फेरि सरकारकै नाममा दर्ता गर्न मन्त्रालयलाई सिफारिस गरिएको भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख अमर सेजुवालले बताउनुभयो ।

उहाँले भूमिसुधार ऐन अनुसार हदबन्दीभन्दा बढी भएका जग्गाको अनुगमन र निरिक्षण गर्न जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवको अध्यक्षतामा रहेको अनुगमन र निरीक्षक समितिले खाडसारीको सो जग्गालाई सरकारकै नाममा दर्ता गर्न भुमिसुधार मन्त्रालयलाई सिफारिस गरेर पठाएको बताउनुभयो ।

अनुगमन तथा निरीक्षक समितिका सदस्य सचिव रहनुभएका भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख सेजुवालले चिनी मिल सञ्चालन र उखु खेती गर्ने भनेर टण्डन परिवारले लिएको सो जग्गामा चिनी मिल र उखु खेती दुबै लामो समयदेखि नगरिएको पाइएपछि अनुगमन गरेर फिर्ताका लागि सिफारिस गरिएको बताउनुभयो ।
मन्त्रालयले छिटै सो जग्गालाई सरकारकै नाममा पुनः दर्ता गर्ने सेजुवालको भनाइ छ ।

तत्कालीन सरकारले २०४२ साल असार ८ गतेको निर्णयबाट खाँडसारी मिल्स प्रा.लिलाई सशर्त १८० बिघा जग्गा हदबन्दीमा छुट दिने निर्णय गरेको थियो । मिलले हदबन्दीमा छुट दिएको जग्गामध्ये साविकको उढरापुरमा विभिन्न १२ कित्ताको ७१ बिघा बढी जग्गा सर्त पालना नभएपछि जफत गर्ने निर्णय २०४९ बैशाख १४ गते नै भएको थियो । तर, दुई वर्षभित्र मिल सञ्चालन र उखु खेती गर्ने भनी फेरि सो जग्गा टण्डन परिवारले फुकुवा गराएका थिए । त्यसपछि पनि उनीहरुले सो जग्गामा केही गरेनन् ।

नेपाल सरकारले २०४९ बैशाख १४ गते उक्त क्षेत्रको ७१ विगाह १९ कठ्ठा १६ धुर जग्गा जफत गर्ने भनी गरेको निर्णय कार्यान्वयनमा नआएको तथा अन्य जग्गाको पनि उपयोग नगरिएको पाइएपछि फिर्ताका लागि सिफारिस गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताउनुभयो । सो जग्गाको केही भागमा भूमिहीन तथा सुकुम्बासीको नाममा केहीले बस्ती बसालेको र दलालहरुको सक्रियतामा किनबेच समेत भैरहेको पुष्टि भएपछि फिर्ता गर्ने कार्यको लागि खटिएको खजुरा गाउँपालिकाका प्रमुख किस्मत कक्षपतिले बताउनुभयो ।

उता, खाँडसारी चिनि मिल्सका सञ्चालक अजयकुमार टण्डनले सरकारी सुविधामा आफुहरुले जग्गा खरिद गरेको दाबी गर्दै २०३८ सालदेखि २०५८ सालसम्म उद्योग र खेती पूर्णरुपमा सञ्चालन भएको प्रमाण आफुहरुसँग रहेको बताउनुभएको छ । उहाँले सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादीहरुले लखेटेपछि अहिलेसम्म फर्केर जान नसकेको हुँदा सुकम्वासीको नाममा कब्जा गरिए पनि जग्गा आफ्नो रहेको दावी गर्नुभयो । आजको गोरखापत्र अनलाइनमा सिराज खानले समाचार लेखेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

शेयर बजार साढे १८ अङ्कले घट्यो

सुनको भाउ आज आठ सय रुपैयाँले घट्यो

काठमाण्डौंमा जेष्ठ नागरिकहरुको फोटो प्रदर्शनी हुने

टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

हेटौंडामा अत्याधुनिक सैलुन सञ्चालन

नमूना प्रगति साकोसका नवनिर्वाचित समितिले लिए सपथ

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.