
चितवनको पिठुवामा दूध तथा दुग्ध पदार्थको विविधीकरण सम्बन्धि तालिम शुक्रबारबाट शुरुभएको छ ।
तालिममा चितवनका -६ , मकवानपुरका -३ र काभ्रेका-३ गरि जम्मा १२ जनाको सहभागीता रहेको छ । नेपाल सरकार कृषि तथा पशुपंछी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना अन्तर्गत विकेन्द्रीकृत आयोजना सहयोग इकाई हेटौंडा मकवानपुरको आयोजना तथा केन्द्रिय दुग्ध सहकारी संघको संयोजनमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको ब्यवस्थापन चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. ले गरेको छ ।
आयोजक संस्था इनोभेसन आयोजना प्रमुख डा. बिदुर गौतमको सभाध्यक्षता एवम् केन्द्रिय दुग्ध सहकारी संघका उपाध्यक्ष रामेश्वर पोखरेलको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका ब्यवस्थापक सुरेश दुवाडीले बताएका छन् । उद्घाटन कार्यक्रमको संचालन जिल्ला दुग्ध संघका सचीव किशोर बगालेले गर्नुभएको थियो । तालिम आउँदो बिहीबार सम्म संचालन हुनेछ ।
