• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

निर्माणाधीन योजनाहरुको पालिका अध्यक्ष हुमागाईद्वारा अनुगमन

गोविन्द शर्मा तिमल्सिना२०७७ चैत्र २१ गते, शनिबार २२:४० 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईले शनिबार (आज) निर्माणाधीन विभिन्न योजनाहरुको अनुगमन गर्नुभएको छ ।

मकवानपुरगढी वडा नम्बर ३ देविडाँडा र वडा नम्बर ६ बाग्दली जोडिने सामरी खोलामा बेलिबृज (पुल) निर्माण योजना अन्तर्गत भइरहेको कामको अनुगमन गरिएको छ । समपुरक योजना अन्तर्गत संघीय सरकारको १ करोड १८ लाख र बाँकी गाउँपालिकाको लगानीमा निर्माण भइरहेको बेलिबृज (पुल) को कुल लागत ३.५ करोड लाग्ने अनुमान गरिएको छ ।

पुलको पिल्लर निर्माण यहि चैत्र महिना भित्र नै सकिने गरि निर्माण कार्य भैरहेको वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरेले बताउनु भएको छ । पुलको लम्बाइ लगभग ८० मिटर रहने र २ स्पानमा निर्माण गरिने जनाइएको छ । १ स्पानमा लाग्ने पुलको तयारी सामाग्री (फलाम) १ करोड १८ लाख ६५ हजारमा खरिद भइ निर्माण स्थलमा आइसकेको छ भने बाँकी १ स्पानमा लाग्ने सामाग्री केही सडक डिभिजन कार्यालय हेटौंडाबाट ल्याइने बाँकी सामान गाउँपालिकाले खरिद गरि पुल निर्माण गरिने वडाध्यक्ष घिमिरेले बताउनु भएको छ । गाउँपालिकाले निकै महत्वका साथ हेरेको यस गौरवको योजनालाई यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गरि संचालनमा ल्याउने गरि काम भैरहेको पालिका अध्यक्ष विदुर हुमागाईले बताउनु भएको छ । अनुगमनमा गाउँपालिका अध्यक्ष हुमागाई र ३ नम्बरका वडाध्यक्ष भागवत घिमिरेको उपस्थिति रहेको थियो ।

यसैगरी बागमती प्रदेश सरकार सँगको समपुरक योजना अन्तर्गत निर्माण भइरहेको वडा नम्बर ३ अन्तर्गतकै बरबोट-सामरी पुल मोटर बाटो निर्माण कार्यको पनि पालिका अध्यक्ष हुमागाईले आजै अनुगमन निरीक्षण गर्नुभएको छ । उक्त सडक खण्डमा ६ मिटर चौडाइ रहेको करिब ७ सय मिटर लम्बाइमा स्ल्याब ढलान कार्य भइरहेको छ । योजनाको कुल लागत १ करोड रहेको छ ।

गएका वर्ष देखि नै निर्माणाधीन अवस्थामा रहेको वडा नम्बर ३ र ५ जोड्ने पक्की पुलको पनि आज अनुगमन गरिएको छ । बागमती प्रदेश पुर्वाधार विकास चितवनद्वारा काम भइरहेको यस पुलको पनि यसै आर्थिक वर्षमा निर्माण कार्य सक्ने लक्ष्य राखिएको छ ।

बस्ती तथा खेतीयोग्य जमिन संरक्षणका लागि चुनौतीका रुपमा रहेको सामरीखोला नियन्त्रणका लागि खोला उत्खननको काम भइरहेको छ । १५ दिनको समय सिमा भित्र १ लाख २५ हजार घनमिटर उत्खन गरि डम्पिङ गर्ने योजनाका साथ काम धमाधम भइरहेको छ । दैवीप्रकोप नियन्त्रणका लागि जिल्ला समन्वय समिती मकवानपुर र प्रमुख जिल्ला अधिकारी सँगको अनुमति अनुरुप खोला उत्खनन कार्य भइरहेको हो । यस कार्यबाट वडा नम्बर २,३,५ र ६ का जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।

सामरी खोलाको सिरानमा शिवम सिमेन्टको ढुङ्गा खानीहरु पर्ने भएकोले खानीबाट निस्कने ओभरबटम वर्षाको समयमा खोलाले बगाई ल्याउँदा सामरीखोलाको सतह बढ्न गइ खोला आसपासका बस्ती र खेतीयोग्य जमिन संरक्षण गर्न चुनौती भइरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

अनुगमन बढाउन औषधि व्यवस्था विभागलाई मन्त्री गिरीको निर्देशन

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.