
मकवानपुर- मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ सानुटारमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
दुर्घटनामा परी मकवानपुरगढी वडा नम्बर ३ तल्लो कालिखोलाका २४ वर्षीय अनिश खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार शनिबार राति भैसैबाट हेटौंडा तर्फ आउदै गरेको ना ५ ख ८१२९ को डब्बावाल ट्रक र विपरीत दिसाबाट आउदै गरेको ना १९ प ८९६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा ट्रक तथा मृतक मोटरसाइकल चालकको शव राप्ती खोलामा पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी थप २ जना घाइते भएका छन् । मृतक खड्काको शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1